रम्भादेवीद्वारा १२ करोडको सम्पति समाज सेवालाई


प्रकाशित मिति :2015-05-26 13:25:36

रमला सिंगक

ghosana gardai rambhadebi karmacharya

४४ कोठाको भवन निर्माण गरेर हस्तान्तरण समारोहमा रम्भादेवी ।

सुनसरी, जेष्ठ ११। आफ्ना पतिले कमाएको सम्पति मध्ये १२ करोड रुपैयाँ बरावरको जग्गा र ४४ कोठा भएको चारतले भवनलाई हस्तान्तरण गर्ने क्रममा ७८ बर्षीया रम्भादेवी कर्माचार्य स्वर्गीय पतिको स्मृतिमा भावविहोर हुनुभयो ।

गत साता उहाँले सो भवनलाई सामाजिक सेवामा सदुपयोग हुने गरी नन्द, गणेश, वसन्तकुमार कर्माचार्य स्मृति प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभयो ।

१९९४ सालमा कालीप्रसाद श्रेष्ठ र शक्तिकुमारी श्रेष्ठको २ छोरा र ३ छोरी मध्ये जेष्ठ सुपुत्रीको रुपमा धरानमा जन्मेकी रम्भादेवीको विवाह २०१४ सालमा २० वर्षको उमेरमा धरान ५ का वसन्तकुमार कर्माचार्यसंग भएको थियो ।

विवाहपछि वसन्त र रम्भादेवी दुवै जना मिलेर व्यापार व्यावसाय संचालन गर्नुभयो । विवाह पछि ५१ वर्ष सँगै रहँदा कुनै दिन झगडा नगरेका रम्भादेवीका पति वसन्तकुमार कर्माचार्यको २०६५ मा मृत्यु भयो । पतिको मृत्युपछि उहाँ एक्लो हुनुभयो । उहाँहरूका सन्तान भएनन् ।
पतिको मृत्यु पछि एक्लिएकी कर्माचार्यले त्यसपछि आफ्नो सम्पूर्ण समय समाजसेवामा लगाउनु भएको छ । बाबुबाजेका पालादेखि नै समाज सेवामा लागेकाले उहाँलाई पनि समाजसेवामा समर्पित हुन कसैले प्रेरित गर्नुपरेन । कर्माचार्यका हजुरवाले धरान बजार बसाउनमा ठूलो योगदान दिनुभएको थियो भने उहाँका बुबा कालीप्रसाद श्रेष्ठले पनि धरानस्थित महेन्द्र वहुमुखी क्याम्पसलाई आवश्यक पर्ने सम्पूर्ण जग्गा दान दिनुभएको नातेदार सरला कायस्थले बताउनु भयो ।

रम्भादेवीले भन्नुभयो, ‘श्रीमान पनि पहिलेदेखि नै व्यापार व्यवसायमा व्यस्त हुदाँहुदै पनि समाज सेवामा पनि निरन्तर लाग्नु भएको मैले देख्दै आएकी थिएँ । उहाँको सपना साकार पार्न पनि मैले समाज सेवा मार्फत धरान–५ महेन्द्रपथ (नयाबजार)मा आफ्नो स्वर्गीय पति बसन्तकुमार कर्माचार्यको सम्झनामा दुई कठ्ठा तीन धुर जग्गामा चारतले नयाँ भवन निर्माण गरी सामाजिक सेवामा सदुपयोग हुनेगरी समर्पित गरेकी हुँ ।’

rambhadebi

रम्भादेवी

रम्भादेवीले हस्तान्तरण गरेको उक्त भवन र जग्गाको मूल्य यति नै हो भनेर भन्न सकिने अवस्था नभएको उनकी कान्छी काकी समेत रहेकी समाजसेवी सरला कायस्थले बताउनुभयो ।

धनकुटा बजारको तल्लो कोप्चेमा १९९० सालमा जन्मेका बसन्तकुमार कर्माचार्यले ०३५ सालदेखि व्यापार व्यवसाय गर्दै जोडेका सम्पतिलाई सामाजिक कार्यमा समर्पित गरेको रम्भादेवीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी दम्पतिबाट कुनै सन्तान छैन । उहाँले जीवनमा दुःख गरेर कमाएको सम्पतिलाई मैले मरेर जाँदा पनिसँगै लिएर जाने कुरा भएन । त्यसैले मैले उहाँकै सम्झनामा बसन्त स्मृति अथिति गृह बनाएर सामाजिक कार्यमा समर्पित गरेकी हुँ ।’

उहाँले आफूले जानी नजानी भएपनि धर्मशाला निर्माण गरे सामाजिक धर्म गर्न खोजेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले लोभ गरेकी भए यो धरानकै महँगो र व्यस्त बजारमा रहेको त्यो जग्गा र भवनलाई ठूलो डिपार्टमेन्ट बनाएर लाखौं कमाउथेँ होला । तर त्यसो गर्न मनले दिएन । स्वर्गीय पतिको सम्झनामा सामाजिक सेवाका लागि समर्पित गरें । मेरा माइती र परिवारका अन्य सदस्यले पनि साथ दिए ।’

अथिति गृहमा सवै ४४ कोठामा अट्याच बाथरुम छन् । अथिति गृह निर्माण हालै मात्र सम्पन्न भएको हो । बाँकी रहेको करिव एक कठ्ठा जग्गामा पार्टी प्यालेस निर्माण गर्न सुरु भएको छ ।

प्रतिष्ठानले अथिति गृहमा बस्न आउनेलाई अति न्यूनतम शुल्क तोकिदिएको छ । अतिथि गृह र पार्टी प्यालेस सञ्चालन गरेर संकलन भएको रकम आधा दर्जन कर्मचारीलाई तलव दिएर बाँकी रहेको रकम सवै सामाजिक क्षेत्रमा सदुपयोग गर्ने उनका नातेदार भाइसमेत रहेका धरान सरोकार समाजका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठले बताउनुभयो ।

धरानका विभिन्न सामाजिक क्षेत्रमा सक्रिय समेत रहेकी उनका नातेदार काकी सरला कायस्थले रम्भादेवीको उदारचित्त देखेर अरुले पनि सिको गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आजभोली सवैलाई धनको लोभ लालच हुन थालेको बेला रम्भादेवीले परोपकारी निर्णय गर्नु भएको छ । यस्तो निर्णय सवैले गर्न सक्दैनन् ।’

  तस्वीरहरु : रमला सिंगक

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: