महिला खवर
कास्की, जेठ १२ । भूकम्प पीडितका लागि राहत दिन सक्रिय महिलाले राहत मात्रै होइन न्यानो माया पनि बाड्न चाहेको बताएका छन्।
नारी सेवा समिति र हेल्प्स नेपालले कास्कीको माझठानामा राहत वितरण गर्ने कार्यक्रममा उनीहरूले भने—’विपदमा सहानुभुति बटुलेर राहत बाड्न मात्रै होइन। यो बस्तीमा न्यानो माया पनि बाँड्न आएका हौं।
त्यसैगरी हेल्प्स नेपाल कास्कीका अध्यक्ष मञ्जु गुरुङले राहतले एक दुईदिनको गर्जो टर्ला तर आत्मविश्वास जगाउन सके धेरै दिन बाँच्न सकिन्छ भन्दै धैर्य गरेर अगाडि बढ्न आग्रह गरिन्। सामाजिक सञ्जालमा पत्रकार केशव शरण लामिछानेले ‘कास्की माझठानाका भूकम्प पीडितलाई राहत चाहियो’ भनेर स्टाटस राखे लगत्तै नारी सेवा समितिका अध्यक्ष सिता बराल र हेल्पस नेपालका मञ्जु गुरुङ संस्थागत रुपमा सहयोग गर्ने अग्रसर भएका थिए।
गाउँस्तरमा गठित दैवी प्रकोप उद्धार तथा व्यवस्थापन समितिले तयार पारेको भूकम्प पीडितको सूचीमा परेकालाई गाउँमै पुगेर एक/एक बोरा चामल, दाल, तेल र साबुनलगायतका सामग्री पीडित परिवारलाई दिइएको हो।
Comment Here!