सात जना किशोरीको उद्दार


प्रकाशित मिति :2015-05-26 14:48:06

पार्वती पाण्डे
कपिलवस्तु, जेठ १२। पैसाको प्रलोभनमा परी भारतका विभिन्न ठाउँमा जान लागेका सात जना किशोरीको उद्दार गरिएको छ।
कपिलवस्तुको कृष्णनगरस्थित किङ्गडम इन्भेष्टमेन्ट नेपाल (के. आई. नेपाल) नामक संस्थाले सीमाक्षेत्रबाट यी किशोरीको उद्दार गरेको हो।

परिवारलाई जानकारी नदिई कामको खोजीमा भारततर्फ जान लागेका उनीहरूलाई रोकिएको के.आई. नेपाल कृष्णनगरका संयोजक गद्दुलाल चौधरीले बताउनुभयो । चौधरीका अनुसार यी किशोरी भारतको इट्वा, नयाँ दिल्ली, जलन्धर, लखनउ, खदगौरालगायतका स्थानमा जान लागेको बयानबाट खुलेको छ। उद्दार गरिएका किशोरीहरूमा ३ जना कपिलवस्तुका, ३ जना अर्घाखाँचीका र १ जना दाङका छन्।

सीमाक्षेत्र अन्तर्गत लिङ्कगेट र यात्रुगेटमा आशंका लागेर सोधपुछ र परामर्शपछि किशोरीलाई उद्दार गरेको संयोजक चौधरीले बताउनुभयो ।
उद्दार गरिएकामध्ये कपिलवस्तुकी एकजनालाई सीप सिक्नका लागि बुटवलको तालिम केन्द्रमा पठाइएको उहाँले जानकारी दिनुभयो । बाँकी ६ जनालाई कृष्णनगरस्थित संस्थाको आबधिक गृहमा राखी परिवारको जिम्मामा घर पठाइएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: