रमला सिंगक
झापा, (विर्तामोड),जेठ १२। झापामा १४ वर्षीया बालिका बलात्कारको अभियोगमा प्रहरीले एकजना धर्मगुरुलाई पक्राउ गरेको छ। श्रीकृष्ण प्रणामी धर्मसम्प्रदायका धार्मिक गुरु महाराज मोहनानन्द शास्त्री भारद्वाज सुवेदीलाई बालिका बलात्कार अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
कन्काई नगरपालिका कोटीहोमस्थित श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषद् संस्थाद्वारा सञ्चालित आश्रममा आश्रित किशोरीलाई बलात्कार गरेको उजुरीका आधारमा माइधामका पिठाधिश्वर ६० वर्षीय मोहनानन्दलाई शनिवार पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख नायब उपरीक्षक सञ्जय राउतले बताउनुभयो।
आश्रित बालिकाले आफूलाई धर्मगुरु मोहनानन्दले नौ महिनादेखि बलात्कार गर्दै आएको आरोप लगाएकी छन्। लामो समयदेखि गुरुबाट बलात्कृत हुनुपरेपछि पीडित किशोरीले विद्यालय स्थानान्तरणका लागि शैक्षिक प्रमाणपत्र लिएर माईधारमा रहेको दिदीको घरमा गए लगत्तै घटना सार्वजनिक भएको हो।
धर्मगुरु सुवेदीलाई श्रीकृष्ण प्रणमी परिषदको बैठक बसिरहेको बेला प्रहरीले पक्राउ गरेको हो। उनले बालिकालाई २०७१ असोजदेखि बलात्कार गरेको बालिकाले प्रहरीलाई बताएकी छन्।
Comment Here!