महिला खबर
ललितपुर,जेठ १३ । भूकम्प पीडितहरू बस्दै आएको शिविरमा नेपाल प्रहरी र हिडन ट्रेजरले नवजात शिशु र सुत्केरी महिलालाई राहत वितरण गरेका छन् ।
भूकम्प पीडितहरूको शिविरमा राहत वितरण गर्न प्रहरी प्रधान कार्यालयबाट प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्का र हिडनट्रेजरबाट मिस नेपाल इभाना मानन्धर पुगेका थिए ।
चावहिलको चुच्चेपाटीमा रहेको भूकम्प पीडितहरूको शिविरमा रहेका करीव सयजना नवजात शिशु र सुत्केरी महिलालाई अत्यावश्यक पर्ने सेनीटरी प्याड, बच्चाका लागि डाइपर, कचौरा तथा सरसफाइका सामग्री वितरण गरेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
नेपाल प्रहरीले भूकम्प पीडित महिलाको शिविरमा महिला सुरक्षाकर्मी खटाएको साथै राहत पनि वितरण गर्दै आएको जनाएको छ ।
तस्विर नेपाल प्रहरीबाट
Comment Here!