कृष्णमाया उपाध्याय
जुम्ला, जेठ १३ । सिन्धुपाल्चोकका भूकम्प पीडित सुत्केरीलाई जुम्लाका महिलाले राहत वितरण गरेका छन्। जुम्लामा चामल, दाल र लत्ताकपडा संकलन गरेर सिन्धुपाल्चोकका सुत्केरी महिलालाई वितरण गरिएको उनीहरूले बताए। सिन्धुपाल्चोकको ईचोक गाविस सुरसिंहका १०५ जना महिलालाई राहत वितरण गरिएको हो।
३० किलो कालिमार्सी धानको चामल, ४० किलो सिमीको दाल र ४० बोरा अरु चामल किनेर वितरण गरिएको छ। महिला बालबालिका र जेष्ठ नागरिकहरू बढी प्रभावित हुने भएकोले उनीहरूलाई लक्षित गरेर राहत वितरण गरिएको उनीहरूले बताए।
Comment Here!