महिला खवर
काठमाडौं,जेठ १३। भूकम्पमा परी अलपत्र परेकी सिन्धुपाल्चोक बाँसबारी पीपलचौरकी ललिता मगरलाई आफन्तको जिम्मा लगाइएको छ। ६० वर्षीया मगरलाई सञ्चारिका समूहकी सचिव कमला पन्थीले रेडियो कार्यक्रम मार्फत आफन्तसँग सम्पर्क गराइदिनुभएको हो।
ललिता मगरले भन्नुभयो—’भूकम्प जाँदा नातिनीसँग घरभित्रै बसिरहेकी थिएँ, भूकम्प आयो नातिनी दौडिएर बाहिर गई, घर भत्कियो म त्यही पुरिएँ।’
वैशाख १२ गतेको महाभूकम्पमा परि घाइते भएकी सिन्धुपाल्चाककी मगरलाई उद्धार गरी उपचारका लागि सेनाले काठमाडाैंस्थित त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज ल्याएको थियो।
अस्पतालमा मगरका आफन्त लिन नआएपछि उहाँलाई माइती नेपालको सेल्टरमा पठाइएको थियो।
पन्थीले सेल्टर मै गएर ललिता मगरको अर्न्तवार्ता लिएर प्रसारण गरेपछि आफन्त लिन आएका हुन्।
रेडियोमा आमाको आवाज सुनेर छोरा सुरज मगरलेे लिन आएको कार्याक्रम सञ्चालक तथा सचिव पन्थीले बताउनुभयो।
पुरिएको केही समयपछि स्थानीयले उहाँलाई उद्धार गरी जिल्लाकै मेलम्ची स्वास्थ चौकीमा उपचार गर्न लगे।
त्यहाँ उपचार हुन नसकेपछि नेपाली सेनाले हेलिकप्टरबाट उपचारका लागि मगरलाई काठमाडाैं ल्याएको हो।
Comment Here!