सामूहिक बलात्कार गर्ने सात जना पक्राउ


प्रकाशित मिति :2015-05-28 11:24:08

रमला सिंगक

ताप्लेजुङ, जेठ १४। सुदुरपुर्वी हिमाली जिल्ला ताप्लेजुङमा दुई बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका ताप्लेजुङले दुई बालिका मध्ये १४ बर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने हाङ्देवाका नवीन सेन्चुरी र मैते घोतानेलाई पक्राउ गरि बुधवार सार्वजनिक गरेको हो।

बालिका हिड्ने बाटो ढुकेर गत वैशाखको दोश्रोसाता सामूहिक बलात्कार गरेको भन्दै पीडित बालिकाका अभिभावकले किटानी जाहेरीसहित उजुरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी शान्तीराज कोइरालाले बताउनुभयो।उनीहरूलाई जवर्जस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालिएको डिएसपी कोइरालाले बताउनुभयो।

यसैगरी गतसाता जिल्लाकै १५ बर्षीया बालिका बलात्कार गर्ने सोही गाविसका मङ्गल तामाङ सहित पाँच जनालाई पक्राउ गरी कारवाही सुरु गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बालिकालाई डर धम्की देखाएर बन्धक बनाई जवर्जस्ती सामूहिक बलात्कार गरेको अभियोगका पाँचजनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा बलात्कारका घट्ना बढेका छन्। चालु आर्थिक वर्षमा जिल्लामा १५ बलात्कारसम्बन्धि मुद्दा दर्ता भएका छन्। त्यसमध्ये चार वटा मुद्दा बालिका बलात्कारका रहेका छन्। अन्य चार घट्नामा बलात्कार प्रयासका मुद्दा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले दिएको जानाकारी अनुसार १५ घट्नामा संलग्न मध्ये १७ जनामात्र पक्राउ परेका छन भने तीन जना अझै फरार छन्। फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: