शिक्षकशिक्षिकाले बनाईदिए भूकम्पपीडित महिलाको घर


प्रकाशित मिति :2015-05-28 11:48:13

बेलिना थापा
लमजुङ, जेठ १४। लमजुङको रम्घा गाउँ विकास समिति दुईपिप्लेको भैरवकाली उच्च माविका शिक्षक शिक्षिकाले भूकम्प पीडित महिलाको घर बनाइदिएका छन्। भूकम्पका कारण विद्यालय बन्द भएको समयलाई सदुपयोग गर्दै उनीहरूले रम्घा गाउँ विकास समिति १ सिलिमेडाँडाकी बालु थापामगरको २ कोठे घर बनाइदिएका हुन्।

न्यून आयस्तर भएकी बालुको भूकम्पले घर बस्नै नमिल्ने गरि भत्केको थियो।  उनका श्रीमान् रोजगारका लागि विदेशमा छन्। घर पूर्ण क्षति भएपछि थापामगर आफैले घरको जग खन्न थालेपछि भैरवकाली उच्च माविका शिक्षक शिक्षिकाले करिव ७० हजार रुपैयाँकोे लागतमा २ कोठे भवन बनाइदिएका हुन्।

ढुङ्गाको गाह्रो र जस्तापाताको छानो लगाएर ५ दिनमा  घर बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनकराज न्यौपानले जानकारी दिनुभयो। भूकम्पले पूरै ध्वस्त भएको घर पुर्ननिर्माण गरिदिएपछि आफूलाई निकै खुसी लागेको बालु थापामगरले बताइन्। आपतको बेला सहयोग गरेकोमा उनले विद्यालय र शिक्षक शिक्षिकालाई धन्यवाद समेत दिइन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: