पत्रकारलाई पुरस्कार होइन, पीडितलाई जस्तापाता


प्रकाशित मिति :2015-05-28 13:15:56

महिला  खवर
krisnasenकाठमाडौं, जेठ १४। पत्रकार कृष्णसेन इच्छुकको १३ औं स्मृति दिवसमा स्व. सेन कि श्रीमती तक्मा के.सीले भूकम्प पीडित दलित समूदायका १८ घर परिवारलाई जस्तापाता वितरण गर्नुभएको छ। इच्छुकको १३ औं स्मृति दिवसका दिन के.सीले काठमाडौंको बाडभञ्ज्याङ बसन्डोलका भूकम्पपीडित दलित समूदायलाई जस्ता वितरण गरेको पत्रकार इन्द्र राउतले जानकारी दिनुभएको छ।

राहत वितरण तथा स्मृति दिवस कार्यक्रममा बोल्दै के.सीले भन्नुभयो—’सेन निमुखा जनताको मुक्तिका लागि आवाज उठाउनुहुन्थ्यो। त्यो वर्ग अहिले भूकम्पबाट प्रताडित छ। स्व.सेनलाई त्यही वर्गसँग जोड्न मैले पीडितलाई सानो सहयोग गरेकी हुँ।’इच्छुक साँस्कृतिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै क्रान्तिकारी पत्रकार महासंघका उपत्यका संयोजक इन्द्र राउतले स्व.सेनको नाम स्थापना गरिएको पत्रकारिता पुरस्कार पत्रकारलाई भन्दा भूकम्प पीडितलाई दिनु उपयुक्त भएको बताउनु भयो।

उहाँले यो बेला पत्रकारले पुरस्कार थाप्नु भन्दा भूकम्प पीडितलाई राहत दिनुले कृष्ण सेनका सपना पुरा हुने बताउनुभयो। हिजो तीन वटै माओवादी निकटका पत्रकारले स्व.कृष्णसेनको स्मृति दिवस मनाएका छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: