दिन त जसाेतसाे बित्छ, रात बिताउन निकै गाह्रो


प्रकाशित मिति :2015-05-28 14:48:20

सरिता राई

साेलुखुम्बु, जेठ १४ । ‘दिन त जसोतसो बित्छ रात बिताउनै गाह्रो’ सोलुखुम्बु सदरमुकाम सल्लेरीमा स्टेशनरी पसल गर्दै आएकी छोकीमाया तामाङ भन्छिन्। गत वैशाख १२ गतेकोे भूकम्प र त्यसपछि आईरहेका पटक–पटकका पराकम्पनका कारण त्रिपाल हालेर बसेको तामाङ परिवारलाई भूकम्पको पीडासँगै रातभर हावाहुरीसँगै आउने पानीले सास्ती दिएको छ।

सदरमुकाम सल्लेरीमै होटल गर्दै आएकी याङजी शेर्पाको व्यथा पनि उस्तै छ।  उनीपनि वैशाख १२ गतेपछि चैनसँग सुत्न पाएकी छैनन्। एकातिर भूकम्पको त्रास अनि हावाहुरीले पाल लैजाला भनेर रातभर समातेर बस्नुपर्ने बाध्यता। एता नेचा बेतघारी गा.वि.सका सुनसरी राईको घर भत्केर बस्न नहुने भएपछि खुल्ला ठाउँमा बाँसको छाप्राे हालेर बसेकी छिन् तर  छाप्राेबाट पानी चुहिएकोले सुत्न पाएकी छैनन्।

भूकम्पले दिएको पीडा भुल्न नसकेका उनीहरूलाई प्रकृतिले थप पीडा दिँदा आजित भएका छन्। दिनभर आ–आफ्नो काम गरेर साँझ थकाई मेट्न पालमा पुगेका उनीहरूलाई रातभर हावाहुरीसँगै पानीले सुत्न दिँदैन। केही दिन यता हावाहुरी र चट्याङ्गसँगै पानी पर्दा सोलुका भूकम्पपीडितहरू थप त्रसित बनेका छन्। खुल्ला आकाशमुनीको बसाई यसैपनि कष्टकर छ, त्यसमाथि रातभरीको हावाहुरी चट्याङ्गसँगै पानी पर्दा लड्न लागेको घर उडाईदिने होकी भन्ने पीर थपिएकोमा स्थानिय चिन्तित छन्।

‘घर लड्न आँटेको छ बस्न सकिँदैन, पालमा बस्न गयो रातभर सुत्न पाइँदैन, त्यसमाथि केटाकेटी डराएर सम्झाउनै मुस्किल’—पीडित रेणुका बस्नेतले भनिन्।

भूकम्पले सोलुखुम्बुका २ हजार ८ सय घर पुर्ण क्षति र ६ हजार घर आशिंक क्षति पुगेको जिल्ला दैविक प्रकोप तथा उद्धार समितिले जनाएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: