महिला खवर
काठमाडौँ, जेठ १४। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको लोककला विभागले भूकम्पका कारण गर्भवतीमा परेको नकारात्मक प्रभाव र यसबाट शिशुमा पार्न सक्ने असर कम गर्न पाटन अस्पताल लगनखेल र प्रसूतिगृह थापाथलीमा चित्रकला कार्यशाला आयोजना गरेको छ ।
कार्यशालामा गर्भवतीलाई नै चित्र बनाउन प्रेरित गरिएको थियो । ६० जना गर्भवती चित्र बनाउन व्यस्त थिए । भूकम्पले दिएको भय, चिन्ता र डरलाई विर्सेर मनलाई शान्त र खुसी राख्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै लोककला विभाग प्रमुख सुबोधचन्द्र दासले गर्भवतीलाई चित्र बनाउने सामग्री वितरण गर्नुभएको थियो ।
संयुक्त राष्ट्र सङ्घ जनसङ्ख्या कोषका अनुसार भूकम्पका कारण एक लाख छब्बिस हजार गर्भवती तथा झन्डै २० लाख प्रजनन् उमेरका किशोर तथा महिला प्रभावित भएका छन् ।
उनीहरूको मानसिक स्थितिलाई सामान्य बनाउन स्वस्थ एवं सुरक्षित शिशु जन्माउन सहयोग पुर्याउने उद्देश्यले कलाकार तथा महिला कलाकार समूहको सक्रियतामा मनोवैज्ञानिक कला उपचार गराउने प्रयत्न गरेको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान ले जनाएको छ ।
Comment Here!