नेताज्यू सर्वपक्षिय राष्ट्रिय सरकारमा महिला चाहिँदैन ?


प्रकाशित मिति :2015-05-28 17:11:06

महिला खवर

devendraकाठमाडौं जेठ, १४। पुर्ननिर्माण अभियानका लागि एमाओवादी नेता देबेन्द्र पौडेले सामाजिक सञ्जालमा महिलाको नाम निसानै नभएको प्रस्ताव सार्वजनिक गर्नुभएको छ। उहाँले छलफलको लागि भन्दै सार्वजनिक गरेको सर्वपक्षिय राष्ट्रिय सरकारको प्रस्तावमा एकजना  पनि महिला परेका छैनन्।

सामाजिक सञ्जालमा नेता पौडेल लेख्नुहुन्छ ‘आग्रह पूर्वाग्रह तथा आरोप प्रत्यारोप सबै छाडेर पूर्ननिर्माण अभियानमा पहिलो तहका नेताहरू, कर्मचारी, सुरक्षा संयन्त्र, नागरिक समाज, बौद्धिक समुदायले ‘पूर्ननिर्माण अभियान’ सुभारम्भ गरेर युवालाई फिल्डको जिम्मेवारी सुम्पिनु पर्छ ।’

तर उहाँको यो प्रस्तावमा ५१ प्रतिशत जनसंख्यालाई छुदै छोइएको छैन।

पौडेलले गरेको सर्वपक्षिय राष्ट्रिय सरकारको ढाचा यस्तो छ :सर्वपक्षिय राष्ट्रिय सरकार नेतृत्व –के पी ओली । सुप्रिम राजनीतिक ब्युरो नेतृत्व – सुशिल कोईराला र पूर्व प्रधानमन्त्रीहरू

पाैडेलले फेसबुकमार्फत सार्वजनिक गरेकाे सर्वपक्षिय सरकारको प्रस्ताव

उच्चस्तरिय पूनर्निमाण प्राधिकरण नेतृत्व – डा बावुराम भट्टराई
राष्ट्रपति – पुष्पकमल दाहाल । अन्तर्राष्ट्रिय सहयोग केन्द्रीकरण र व्यवस्थापन संयन्त्र – शेर बहादुर देउवा, माधव नेपाल, बिजय कुमार गच्छदार, झलनाथ खनाल, मोहन बैध

पूनर्निर्माण फिल्ड व्यवस्थापन समिति – नेपाल सरकारका मूख्य मुख्य सचिव, सेना प्रमुख, शसस्त्र प्रहरी प्रमुख, जनपथ प्रहरी प्रमुख, प्रत्येक पार्टी र नागरिक समाजका प्रतिनिधिहरू ।

महानगरपालिका, उप तथा नगरपालिका , गा वि स र वार्डसम्म सोही अनुसारको संयन्त्र निमार्ण गर्ने ।

न्युनतम सय खर्बको बजेट व्यवस्थापन, पूर्व अर्थमन्त्री, अर्थ सचिव , बैंकर्स करपोरेट हाउस र उद्योग बाणिज्य महासंघ आदिका प्रतिनिधी भएको उच्चस्तरीय आर्थिक विभाग निर्माण गर्ने। दशवर्षे पुनर्निमाण अभियान , पाँच पाँच वर्षको दुई कार्यकाल र प्रत्येक पाँच वर्षमा पचास खर्वको बजेट विनियोजन गर्ने ।

यो प्रकृया शुरु गरेपछि हालको राजनीतिक नेतृत्वले नै आउँदो ६ महिना भित्र संविधान पनि घोषणा गर्ने । त्यस पछि यो नेतृत्व उच्चस्तरीय निर्देशक समितिमा परिवर्तन गरि नँया पुस्तालाई नेतृत्व हस्तानतरण गर्ने रहेका छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: