हाम्रो पीडामाथि व्यपार गर्ने कोसिस भइरहेको छ : भूकम्प पीडित


प्रकाशित मिति :2015-05-29 13:54:24

महिला खबर

काठमाडौँ, १५ जेठ । भूकम्प पीडित परिवार संघले राज्यले दिने १५ हजार ले अत्यवश्यक कुरा पूरा नहुँने भन्दै सहयोग नलिने घोषणा गरेको छ । संघले काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै सम्पूर्ण भूकम्प पीडितहरुलाई ५० हजारभन्दा कम रकम नलिन अपिल समेत गरेको छ ।
संघका अध्यक्ष रविन घिमिरेले पत्रकार सम्मेलनमा बोल्दै भन्नुभयो—‘भूकम्प आएपछि घर धनीले घरभाडा बडाउने,घर खाली गर्न दबाव दिइरहेका छन । तर सरकार उदासिनता देखाइरहेको छ ।’
बिपतको फाईदा उठाउँदै राहतको नाममा भइरहेको हिनामिना, घर धनीको मनपरीलाई नियन्त्रण गर्न संघले सरकारसँग माग गरेको छ । ‘हाम्रो पीडामाथि व्यपार गर्ने कोसिस भइरहेको छ, सरकारले यसलाई समयमै नियन्त्रण नगरे आन्दोलनमा जान्छौँ’ अध्यक्ष घिमिरेले भन्नुभयो ।

भूकम्पपीडितका समस्या समाधान गर्न आफूहरु संगठित भएरको संघ अध्यक्ष घिमिरेले बताउनु भयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: