महिला खबर
काठमाडौं, जेठ १५ । जनआन्दोलनकी रक्तदाता भूमिका कार्की थपलियाले महाभूकम्पका घाइतेहरूलाई सहयोग गर्न आज रगतदान गरेकी छन् । काठमाडौंको कपनमा बस्ने २७ वर्षीया भूमिकाले भनिन् ‘भौतिक सहयोग दिने धेरै हुन्छन् । तर, घाइतेलाई चाहिने रगत दिने मान्छे कम हुन्छन् । त्यसैले रगतदान गरेकी हुँ ।’ उनीसँगै आएका श्रीमान पृथ्वी रमण थपालियाले पनि रक्तदान गरेका छन् ।
चौथो पटक रक्तदान गरेकी सञ्चारकर्मी अन्जु डंगोलले महिला खबरसँग कुरागर्दै भनिन्—‘यस्ता कार्यक्रम धेरै हुन्छन् तर,थपलिया समाजले भूकम्पका कारण घाईते भएकाहरूको सहयोगको लागि भनेकाले रगतदान गरेकी हुँ ।’ आफ्नै आमाको मुटुको भल्भ परिवर्तन गर्दा उनले पहिलो पटक रगत दिएकी थिइन् ।
पहिलो पटक रगतदान गरेकी पार्वती थपलियाले भने आफ्नो समाजले आयोजना गरेकाले रक्तदान गरेको बताईन् । उनीहरूसँगै नेपालको प्रेम सागर कर्माचार्यले १४१ पटक रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रम थपलिया समाज नेपालको केन्द्रिय समितिले काठमाडौंको भृकुटी मण्डपमा आयोजना गरेको थियो ।
समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा ७ जना महिला सहित ५० जनाले रक्तदान गरेको सचिव नन्दराज थपलियाले बताउनुभयो । रक्तदान कार्यक्रम विहान ९ देखि १२ बजेसम्म गरिएको थियो ।
Comment Here!