सुत्केरी र किशाेरीलाई सहयाेग


प्रकाशित मिति :2015-05-29 16:12:13

महिला खबर

नुवाकाेट, जेठ १५  । महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जाल र ओरेक नेपालको सहयोगमा नुवाकोट जिल्लाका विभिन्न ठाउँमा सुत्केरी र किशोरीलाई अति आवश्यक सामग्री वितरण गरिएको छ । विनाशकारी भूकम्पले असर पारेका सुत्केरी, गर्भवती र किशोरीलाई स्वास्थ्यसम्बन्धी परामर्शसहित खाद्यान्न, पौष्टिक आहार, लत्ताकपडालगायतका सामग्री वितरण गरिएको सञ्जालले जनाएको छ ।

गत वैशाख १७ गतेदेखि जिल्लाका एक दर्जनभन्दा बढी गाविसका ८० जना सुत्केरीलाई सुत्केरी किट, दुईसय किशोरीलाई किशोरी किटलगायत चामल, दाल, नुन तेल गरी दुईसय थान सामग्री वितरण गरिएको महिला मानवअधिकार रक्षक सञ्जाल नुवाकोटकी कोषाध्यक्ष सविना रिमालले जानकारी दिनुभयो ।

तीन महिनासम्मका बालबालिकालाई आवश्यक पैष्टिक तत्वलगायत ८० थान लत्ताकपडा र अपाङ्ग र वृद्धवृद्धालार्ई त्रिपाल तथा खाद्यान्न वितरण गरिएको छ । जिल्लाको तुप्चे, मनकामना, गेर्खु, खानिगाउँ, चारघरे, रातमाटे, त्रिशूली, कोलोनीलगायत स्थानमा रहेका गर्भवती र सुत्केरीलाई पौष्टिक आहारसमेत खुवाउँदै आएको संस्थाले जनाएको छ ।

यसबाहेक संस्थाले रसुवाको हाकुबाट भूकम्पका कारण विस्थापित भएर वेत्रावती र सुन्दरबजारमा गरी पाँचवटा शिविरमा बसोबास गरिरहेका सयौँ पीडितलाई मनोपरामर्शसमेत दिँदै आएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: