तयारी खानेकुरा प्रतिबन्ध लगाउने अभियानमा धरानका विद्यालय


प्रकाशित मिति :2015-05-29 17:05:18

रमला सिंगक

food made in homeसुनसरी, जेठ १६। धरान १५ बाँझोगरा बस्ने मुना लिम्बूलाई आजभोली प्रत्येक विहान तनाव हुन्छ। छोराछोरीले पढ्ने स्कुलले खाजामा तयारी खाना (जंकफुड) ल्याउन प्रतिबन्ध लगाएपछि उनलाई हरेक विहान छोराछोरीलाई स्कुल पठाउने खाजाको चिन्ता हुन्छ।

उनको ५ वर्षीय छोरा एलकेजी र ७ वर्षकी छोरी १ कक्षामा पढ्छन्। विहानै हतारोमा भेटिएकी उनले भनिन्, ‘पहिला पहिला पसलवाट बच्चाहरूलाई मन पर्ने खानेकुरा चाउचाउ,विस्कुट पठाईदिन्थें । तर, अहिले वोर्डिङ स्कूलले प्याकेटका तयारी खाजा लैजान निषेध गरेपछि दैनिक विहान खाजा के बनाउने भन्ने चिन्ताले सताउँछ।

आजभोली उनलाई मात्र होइन धरानका अधिकाशं महिलालाई विहान ९ वजेसम्मको समय भ्याइनभ्याइ हुन्छ। एक महिना अघि धरानका केही विद्यालयले विद्यार्थीलाई तयारी खाजा लैजान वन्देज गरेपछि गृहीणीहरूलाई छोराछोरीको खाजा बनाउने बोझ थपिएको हो।

विद्यालयले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा तयारी खानाले बाधा पुर्‍याउने भन्दै विद्यालय जाने साना उमेरका बालबालिकालाई दिउँसो खाने खाजामा जंकफुड निषेध गर्ने अभियान शुरु गरेपछि धरानका आमाहरूको विहानको व्यस्तता बढेको हो। खाजाका रुपमा अभिभावकले चाउचाउ, कुरमुरे, विस्कुट जस्ता जङ्कफुडमात्र पठाउन थालेपछि त्यस्तो खाजामा विद्यालयले प्रतिवन्ध लगाई घरमा पकाएको खाजा मात्र पठाउन आग्रह गरेको बताए।

३ देखि ६ वर्ष उमेरका बालबालिकालाई पोषणयुक्त ताजा र हरिया सागसव्जी, फलफुल, अण्डा, गेडागुडीको सुप, आलु, फर्सीका परिकार चाहिनेमा पोषणविहिन जङ्कफुड खाजाको रुपमा पठाउने गरेकाले त्यसलाई विस्थापित गर्दै घरेलु खाद्य पदार्थ पठाउन आग्रह गरेको धरान घोपास्थित डिपो उच्चमाविका प्राचार्य राजकुमार राईले बताउनुभयो।

प्रचार्य राजकुमार राइले भन्नुभयो, ‘बजारमा पाइने तयारी खानेकुरा बालबालिकाको खाजा वा खाना हुँदै होइन। तर अधिकाशं अभिभावकले प्याकेटमा बन्द गरिएका तयारी खाजा पठाउन थालेकाले त्यस्ता खानेकुरा खाजाका रुपमा नपठाउन प्रत्येक अभिभावकलाई पत्राचार नै गरिएको छ।’

डिपो स्कुलजस्तै धरानका अन्य स्कुलले पनि तयारी खाजालाई निषेध गरेका छन्। सानो कक्षामा अध्ययनरत बालबालिकाको खाजा र खानाको रुपमा पछिल्लो समय अत्यधिक प्रयोग हुने जङकफुडले मानव स्वास्थ्यमा पार्ने नकारात्मक असर गर्नेबारे व्यापक जनचेतना फैलाउन यस्तो अभियान सुरु गरिएको उनीहरूले बताएका छन्। जङफुडलाई विद्यालयमा खाजाको रुपमा प्रयोग नगर्न र नगराउन अभिभावकहरु आफैपनि सचेत हुनु पर्ने उनीहरूको भनाई छ।

धरानका अन्य आधा दर्जन विद्यालयले पनि जङ्कफुड प्रयोग नगर्नका लागि पहल गरिरहेका छन्। धरानका एक दर्जन किण्डर गार्टेन र मन्टेश्वरी स्कुल मध्ये आधा दर्जनले बालबालिकालाई घरेलु खाद्यपदार्थ मात्र दिँदै आएको बताए ।

नेपाल पोÈणविद तथा डाइटिसियन संघका महासचिव केपी लम्सालले कारखानाबाट उत्पादित तयारी खानेकुराकोे प्याकेटमा बालबालिकाको रुची अनुसारको फोटो, स्टिकर, प्लाष्टिकका साना खेलौना पनि हालेर संचारमाध्यमबाट विज्ञापन गरी उपभोक्तासम्म आइपुग्ने गरेको बताए। उनले भने— ‘प्याकेटमा बन्द गरिएका तयारी खानेकुराको अत्यधिक सेवनले बालबालिकाहरू कुपोÈण र मोटोपनको शिकार हुने समस्या नेपालमा पछिल्लो समय बढ्दै गएको छ। यसबाट जोगिन यस्तो खानेकुराको प्रयोग हटाउनु एकमात्र विकल्प हो।’ उनले तयारी खानेकुरा प्रयोग गर्दा पनि ७५ प्रतिशत सागपात मिसाएर मात्रै प्रयोग गर्न सुझाव दिए।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: