चीना थापा
सिन्धुली, जेठ १७ । संयुक्त राष्ट्रसंघ जनसंख्याकोष (युएनएफपिए) र जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले भूकम्प पीडित सीतलपार्टीका गर्भवती तथा सुत्केरीहरूलाई आत्मसम्मान सामग्री वितरण गरेको छ ।
आत्मसम्मान सामग्रीमा साडी, सल, पेटीकोट, सुतिको कपडा, सावुन, ब्रस, पेष्ट, चोलो, सुईटर, म्याक्स, टर्च लाइट, काइयो र भित्री कपडा रहेको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख सुरेन्द्र चौरासियाले जनाकारी दिनुभयो । सीतलपार्टी गाविसमा पाँच सय गर्भवती तथा सुत्केरी आमाहरू रहेका छन् ।
महिलालाई आत्मसम्मानका सामग्री संयुक्त राष्ट्रसंघ जनसंख्या कोषका नेपाल उप–आवासीय प्रतिनिधि क्रिष्टीनले वितरण गरेकी हुन् ।
सीतलपार्टीलाई राज्यले भूकम्पको उच्च जोखिममा रहेको गाविस भनेको छ । संयुक्त राष्ट्रसंघ जनसंख्या कोष कार्यक्रमका उप–आवासीय प्रतिनिधि क्रिष्टीनले विपत्तिमा परेका महिलालाई सहयोग गर्नु कोषको मानविय दायित्व भएको बताउनु भयो ।
भूकम्प प्रभावित गर्भवती र सुत्केरी आमालाई मनोविमर्श पनि युएनएफपिएले दिएको छ ।
युएनएफपिएले भूकम्पबाट अति प्रभावित बस्तीतुर र हरिहरपुर गढी गाविसका ५ सय ३४ जना महिलालाई सामग्री
तथा स्वास्थ्य सेवा प्रदान गरेको जिल्ला कार्यक्रम संयोजक सञ्जय शर्माले जानकारी दिनुभयो ।
राहत सामग्री पाएपछि भूकम्प पीडित सुत्केरी तथा गर्भवती महिलाले भने ‘भूकम्पले घरमा सबै कपडा पुरिएको थियो । हामीलाई आवश्यक पर्ने कपडा संस्थाले दियो, धेरै खुसी छौँ ।’
Comment Here!