दिदीबहिनीले टहरा बनाएपछि


प्रकाशित मिति :2015-05-31 14:45:20

चीना थापा

11209555_1569543596627157_2183639505811267020_n

काठमाडौं, जेठ १७ । बुढानिलकण्ठ नगरपालिका ३ की चन्द्रावती नगरकोटीलाई अबको वर्षात् कसरी कटाउने भन्ने चिन्ताले निकै सताएको थियो । वैशाख १२ गते गएको विनासकारी भूकम्पले घर पूर्णरुपमा ध्वस्त भएपछि उनलाई बासको चिन्ताले सताएको हो । भूकम्पले पुरिदिएको घरको आधा सामान मात्र निकालेको नगरकोटीले बताईन् ।
देवरका दुई छोरा र आफ्ना चार सन्तानको पालन पोषण गरेर बसेकी नगरकोटीलाई बस्ने बास कसरी बनाउने र नानीबाबुलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ताले दिनहुँ जसो सताईरहन्थ्यो ।
अब त्यो चिन्ता छैन उनलाई ।

अखिल नेपाल महिला संघले अस्थायी टहरा निर्माण गर्दिएपछि नगरकोटी निकै खुसी छन् । संघले उनको अस्थायी घर जस्तापाता लगाएर निर्माण गरिदिएको छ ।
मुस्कीलले पाएको एउटा त्रिपाल पनि हावाहुरीले च्यातिदिएपछि उनीको परिवारले झनै समस्या भोग्नु परेको थियो । उनले भनिन् ‘दिदीबहिनी आएर बस्ने बास बनाई दिनुभयो । धेरै खुसी छु । बस्ने ठाउँ भयो । अरु कुरा विस्तारै जुटाउला । अहिलेसम्म राहतको चामल खाईरहेका छौँ ।’

c
सोही ठाउँकी गीता नगरकोटीको पनि समस्या उस्तै थियो, भूकम्पले घर भत्किएपछि अब कहाँ बस्ने ? त्रिपालले थेक्दैन् । हावाहुरी आउन वित्तिकै त्रिपाल उडाईदिन्थ्यो । घर बनाउन सक्ने अवस्था थिएन् ।
अहिले उनी पनि यो चिन्ताबाट मुक्त छिन् । टहरा निर्माणपछि बर्षातको समय ढुक्क भएर बस्न सक्ने छन् गीता । दुःखको बेलामा सहयोग गरेर पीडितको घाउँमा मलम लगाउने काम गरेर अनेमसंघले ठूलो काम गरेको उनले बताईन् । गीताले आफू जस्तै अन्य पीडितलाई पनि सहयोग गर्न अनेमा संघकासंग आग्रह समेत गरिन् ।
उनले आग्रह गर्दै भनिन् ‘कत्तिको बस्ने बास छैन्, कत्तिको खाने गास छैन्, यस्तो बेलामा सहयोग भए हामी जस्तै अरुको अनुहारमा पनि हाँसो छाउने छ ।’

d
गीता र चन्द्रावती एकल महिला हुन् । उनीहरु तीन जना देउरानी जेठानी छन् । तीनै जना एकल महिला हुन् ।
चन्द्रावती नगरकोटीका देवर बितेको १२ वर्ष भैसक्यो । देवरका दुई जना छोरालाई चन्द्रावतीले नै पालन पोषण गरेकी छिन् । ‘देवरको कान्छो छोरोलाई क्षरोग लागेको छ । उनले भनिन्, ‘औषधी किन्ने पैसा हुँदैन् । यस्तो अवस्थामा हामीले घर बनाउन सक्ने अवस्था थिएन् ।’
अनेमसंघ केन्द्रिय कार्यालयले १० वटा टोली बनाएर अहिले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी टहरा बनाउने, भत्केका घरहरुबाट सामान झिक्दिने, भत्काउन पर्ने घरहरु भत्काईदिने काममा सहयोग गरिरहेको छ ।
अहिलेसम्म बुढानिलकण्ठ नगरपालिका ३ मात्र ४ वटा अस्थायी टहरा निमार्ण गरेको र ३० वटा अस्थायी टहरा निर्माण गर्ने योजना रहेको संघकी प्रवक्ता शान्ता अधिकारीले बताउनु भयो । टहरा बनाउने अभियान एक महिनासम्म सञ्चालन हुने अधिकारीले बताउनु भयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: