साधना विश्वकर्मा
काठमाडाैं, जेठ १७। भूकम्पपछि वन्द भएका विद्यालयहरू आजवाट सञ्चालनमा आएका छन्। वैशाख १२ गते गएको महाभूकम्पपछि बन्द भएका बिद्यालय भूकम्पको त्रास कम हुँदै गएपछि आजदेखि खुलेका हुन्। भूकम्पका कारण थुप्रै विद्यालयको भौतिक संरचना समेत क्षतिग्रस्त भएपछि अस्थाई संरचना बनाएर पढाई सुरु गरेका छन् ।
भूकम्पले विद्यार्थीमा ल्याएको डरत्रास हटाउन विद्यालयले केही दिन मनोपरामशका साथै भूकम्प सम्बन्धी जानकारी, भूकम्पको बारेमा अनुभव साटासाट गराएका छन्। पढाईप्रति ध्यानाकर्षण गर्न बिद्यालयले विभिन्न खेल र नाचगानको आयोजना समेत गरेका छन्।
पुर्ण रुपमा क्षतिग्रस्त विद्यालयका विद्यार्थीलाई अस्थाई टहरा वनाएर भूकम्प सम्बन्धी जानकारी तथा पठन पाठन गराईएको छ भने सामान्य क्षति पुगेका तर बिद्यालय भवन भित्र पढाउन नमिल्ने अवस्थाका विद्यालयले जोर विजोरका आधारमा कक्षा सञ्चालनमा ल्याएका छन् ।
भूकम्पले चर्केका विद्यालयका विद्यार्थीमा डरत्रास वढेकोले उनीहरूको वातावरण सहज बनाई पढाइ प्रति ध्यानकर्षण गर्न विविध कार्यक्रम गरी विद्यालय सञ्चालनमा ल्याईएको उनीहरूको भनाई छ।ललितपुरको पाठशाला नेपाल फाउण्डेसनले जोर विजोरका आधारमा कक्षा सञ्चालन गरिएको जनाएको छ।
ललितपुर कै क्यारेवियन स्कुलले हप्तादिनसम्म विद्यार्थीलाई भूकम्पको बारेमा जानकारी दिने, खेल खेलाउने तथा कलाकार बोलाएर बालबालिकालाई मनोरञ्जन दिने योजना बनाएकोे जनाएको छ।
यता शिक्षा बिभागले पुर्णरुपमा क्षतिग्रस्त र भौतिकरुपमा जिर्ण भएका विद्यालय कहिलेदेखि सञ्चालनमा ल्याउने भन्न्ो सम्बन्धमा छलफल भईरहेको र क्षतिग्रस्त स्कुलको सूचना संकलन गरिरहेको बताएको छ।
Comment Here!