बलात्कारपछि हत्याको आशंकामा १२ जना पक्राउ


प्रकाशित मिति :2015-06-01 09:49:48

एकिन्द्र तिमिल्सिना

images

धनगढी, जेठ १८ । कैलालीको रामशिखरझाला गाविस रतिपुरकी यशोदा शाहीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले रामशिखरझाला र पहलमानपुर गाविसका १२ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामशिखरझाला बस्ने कल्पना शाह, उनका बुबा डम्बरबहादुर शाह, आमा ज्ञानुदेवी शाह, पवित्रा सिंह, जयन्ती सिंह, लक्ष्मी सिंह, पहलवानपुर गाविसका विक्रम बोगटी, प्रवीण मिश्र, पहलमानपुरका खेम अधिकारी, मेख पौडेल, विराज घर्तीमगर र प्रेम थापा रहेकाछन् ।

कैलाली जिल्ला अदालतबाट आईतवार पाँच दिन म्याद थपगरी उनीहरूमाथि अनुसन्धान भैरहेको  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले जानकारी  दिनुभयो ।

जेठ ११ गते राती १० बजे फोन गरेर बहिनी नाता पर्ने कल्पना शाहले यशोदालाई काम छ भन्दै बोलाएपछि वेपत्ता भएकी यशोदा १५ गते दिउँसो घरबाट करिव चार किलोमिटरको दूरीमा रहेको पहलमानपुरस्थित तुलसीपुर सामुदायिक वनमा निर्वस्त्र अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

यशोदाका आफन्तले घटनामा डम्बरका घरपरिवारको संलग्नता रहेको भन्दै विरोध जनाएपछि प्रहरीले सुरुमा डम्बरकी श्रीमती ज्ञानुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

ज्ञानुलेनै घटनास्थल देखाएपछि घाँटीमा चुन्नीले बेरेको र भित्रीवस्त्र मात्र लगाएको अवस्थामा यशोदाको शव फेला परेको थियो ।

स्थानीय शान्ति निमाविमा सात वर्षदेखि अध्यापन गराउँदै आएकी यशोदालाई सोही विद्यालयकै प्रधानाध्यापक डम्बर शाहसँग नजिक भएको आरोप लगाउँदै उनकी पत्नी ज्ञानु बेलाबेलामा झगडा गर्ने गरेको यशोदाका श्रीमान जनक शाहीले बताए ।

प्रधान अध्यापक डम्बर यशोदाका माईतीतिरका काका नाता पर्ने हुन् भने फोन गरेर बोलाउने कल्पना डम्बरकी छोरी हुन् । कल्पनाले आमा ज्ञानुको सल्लाहमा स्थानीय युवालाई प्रयोग गरी हत्या गरेको आशंका प्रहरीले गरेको छ ।

घटनापछि फरार भएका कल्पना र बिक्रमलाई प्रहरीले भारतको राजधानी नयाँ दिल्लीबाट र अन्यलाई गाउँबाटै पक्राउ गरेको प्रवक्ता खड्काले बताउनुभयो । प्रत्यक्षदर्शीले घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हुनसक्ने अनुमान गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: