स्कुल सुरु भएपनि विद्यार्थी आएनन्


प्रकाशित मिति :2015-06-01 13:13:55

सरिता राई

सोलुुखुम्बु, जेठ १८। विनाशकारी भूकम्पपछि जिल्लामा विद्यालय सञ्चालनमा आएपनि विद्यार्थीको उपस्थिती न्युन देखिएको छ।
हावाहुरीसँगैको पानी र पटक–पटकको पराकम्पनले अभिभावकले छोराछोरी स्कुल नपठाउँदा उपस्थितीमा कमी आएको सोलुखुम्बुका अधिकांश विद्यालयले जनाएका छन्।

विद्यालय खुलेको पहिलो दिन आईतवार विद्यालयले भूकम्पको त्रास हटाउन जनचेतना र सुरक्षित हुने उपाय सिकाए पनि विद्यार्थीमा त्रास हट्न नसकेको चन्द्रकला प्राथमिक विद्यालयका शिक्षक गोविन्द राईले बताउनुभयो। ‘जसोतसो पढाई सञ्चालन गरेपनि विद्यालय भवन भत्कँदा विद्यार्थी कक्षामा बस्न डराए, साना केटाकेटीलाई त अभिभावकले विद्यालय पठाउनै मान्दैनन्’— उहाँले भन्नुभयो।

भवन जीर्ण हुँदा कतिपय विद्यालयले २ देखि ३ वटा कक्षाका विद्यार्थी एउटै कोठामा राखेर पढाई सञ्चालन गरिरहेका छन्। चौर र एउटै कोठामा विद्यार्थीलाई राखेर जसोतसो पढाई सञ्चालन गर्दा शिक्षक र विद्यार्थीको ध्यान भने भूकम्पतिरै हुने गरेको सगरमाथा निम्न माध्यमिक विद्यालय नेचा बेतघारीकी शिक्षिका गोमा ढुङ्गेल बताउनुहुन्छ।

यसैवीच सोलुखुम्बुका २२५ वटा सामुदायिक विद्यालयका ९०८ कोठा पुर्णरुपमा क्षति भएको जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुले जनाएको छ। चौंरीखर्कका ७ र चौंलाखर्कका १२ वटा विद्यालयमा भूकम्पले सबैभन्दा बढी क्षति पुर्‍याएकाले अस्थाई टहरा बनाई पठनपाठन सुरु गर्न केही समय लाग्ने जिल्ला शिक्षा अधिकारी विरबहादुर खड्काले जानकारी दिनुभयो।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: