अमेरिकामा नेपाली युवतीको हत्यारालाई ४५ वर्षको जेल सजाय


प्रकाशित मिति :2015-06-02 10:55:48

        किशाेर पन्थी                     
Samnata Shrestha
  न्युयोर्क, जेठ १९ । अमेरिकाको भर्जिनियामा नेपाली विद्यार्थी समानता श्रेष्ठको हत्या गर्ने २४ वर्षीया जेसिका मिशेल विङलाई अदालतले ४५ वर्षको जेल सजाय तोकेको छ ।
उनले सन् २०१४ मा श्रेष्ठको हत्या गरेको पुष्टी भएपछि अदालतले जेल सजाय तोकेको हो । न्यायाधिस रोबर्ट टर्कले हत्याका लागि ८० वर्षको र हत्यापछि शव लिएर हिँडेको र लुकाएको अभियोगमा ५ वर्षको गरी ८५ वर्षको जेल सजायको फैसला गर्दै ४५ वर्ष जेल काटेपछि बाँकी सजाय माफी गरिदिने निर्णय सुनाएका छन् ।
जेसिका मिशेल विङले बायोलोजी पढ्दै गरेकी श्रेष्ठको सन् २०१४ को फेबु्रअरी ८ मा हत्या गरेकी थिइन् । अब हत्यारा विङ ६९ वर्षको उमेरसम्म जेलमा नै बस्नुपर्ने भएको छ ।
समानता श्रेष्ठ  
 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: