महिला खवर
काठमाडाैं, जेठ १९ । मानव बेचबिखन तथा ओसार पसारमा संलग्न थप २ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रक्राउ गरेको छ। नेपाली महिलालाई अफ्रिकी र खाडी तथा अन्य मुलुकका डान्सबारमा राम्रो रोजगार मिलाईदिने भनी वेचविखन गर्ने गरेको भन्दै उनीहरूलाई प्रक्राउ गरेको बाराजिल्लास्थित ईलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ।
ईलाका प्रहरी कार्यालय सिमराका अनुसार नेपाली युवतीलाई भारतीय व्यक्तिहरूसँग मिलेर विदेश पठाउँदै आएका सुरेन्द्र वहादुर वस्नेतलाई बारा गढीमाईबाट पक्राउ गरिएको हो।
यसैगरि महिलालाई नेपालका डान्सबारबाट पहिल्यै कमिसन दिई मानव तस्करको गिरोहसम्म पुर्याउने सुनिल मगरलाई ठमेल नरसिंह चोकबाट यहि जेठ १४ गते प्रक्राउ गरिएको हो। उनलाई काठमाडाैं जिल्ला अदालतबाट हिरासतमा राख्ने म्याद लिएर अनुसन्धान गर्ने काम भईरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ गरेका महिला वेचविखनमा संलग्न गिराेह
व्युरोले अहिलेसम्म ‘Operation Eagle’ अभियान अन्तर्गत मानव वेचविखनमा संलग्न अन्तराष्ट्रिय सञ्जालका १० जनालाई पक्राउ गरि कारवाही गरिएको र अनुसन्धान पनि जारी रहने प्रहरीले जनाएको छ।
केन्द्रीय अनुसन्धान ब्युरोले ५ महिनादेखि ‘Operation Eagle’ नामक अभियान सञ्चालन गरी वेचविखनमा संलग्न अन्तराष्ट्रिय सञ्जालका १ जना भारतीय गिरोह सहित ८ जनालाई यसअघि नै पक्राउ गरी मानव बेचबिखन तथा ओसार पसार र संगठित अपराध अन्तर्गत पुर्पक्षको लागी थुनामा राखेको हाे ।
अनुसन्धानका क्रममा पक्राउ परेकाहरूको श्रीमतीहरू नाममा समेत तान्जानिया, केन्यालगायतका विभिन्न मुलुकहरूका मनि ट्रान्सफर कम्पनीहरूबाट करोडौं रुपैयाँ ट्रान्सफर भएको देखिएकाले उनीहरूविरुद्ध समेत मुद्धा दायर भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूले उक्त रकमको स्रोत खुलाउन नसकेका कारण सो रकम आपराधिक गतिविधिबाट आर्जन गरेको हुनसक्ने देखिएकाले सम्पति शुद्धिकरण निवारण ऐन, २०६४ अनुसार अनुसन्धान तथा कारवाहीका लागि सम्पति शुद्धीकरण अनुसन्धान विभागमा लेखि पठाइएको छ ।
साथै प्रहरीले यस्ता विभिन्न शैलीमा विदेश पुगी पीडित भएका र फर्किएका वा अन्य कुनै तरिकाले पीडित भएका महिलाले केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी दरखास्त दिई अभियुक्तहरूलाई कानुनी दायरामा ल्याउन सूचना दिन पनि अनुरोध गरेको छ। अनुसन्धानको क्रममा पीडितहरूको पहिचान पुर्णरुपमा गोप्य राखिने प्रहरीले जनाएको छ।
Comment Here!