महिला खवर
धनगढी, जेठ १९ । नेपाल परिवार नियोजनको संघको केन्द्रीय अध्यक्षमा पुनः अमु सिंह सिजापती निर्वाचित हुनुभएको छ। सोमबार धनगढीमा भएको निर्वाचनमा हिमालयलाल कसजुलाई पाँच मत अन्तरले पराजित गर्दै सिजापती अध्यक्षमा निर्वाचित हुनुभएको हो। सिजापतीले ८२ तथा कसजुले ७७ मत पाएका थिए। युवा सदस्यमा आस्मा प्रधान, समीक्षा चन्द र प्रतिक्षा गौतम निर्वाचित भएका छन्।
विकासक्षेत्र अन्तरगत पश्चिमाञ्चलबाट सपना अधिकारी (थापा), मध्यमाञ्चलबाट डाक्टर शारदा कु‘वर र पूर्वाञ्चलबाट डाक्टर निकिता गिरी निर्वाचित भएका छन्। सुदूरपश्चिमबाट मेनु श्रेष्ठ, र मध्यपश्चिमबाट डाक्टर राधा शाह यस अघिनै सर्वसम्मत चयन भइसकेका थिए। श्रेष्ठविरुद्ध उम्मेदवारी परेको थिएन भने शाहका प्रतिद्वन्द्वी सुस्मा धितालविरुद्ध उजुरी परेपछि निर्वाचन समितिले उहाँको उम्मेदवारी खारेज गरिदिएको थियो। महिला सदस्यमा पुजा जोशी निर्वाचित हुनुभएको छ।
त्यस्तै, ६ जना सदस्यमा मनोजप्रसाद उप्रेती, गोविन्दराज जोशी, विष्णुदत्त जोशी, दिलिपबहादुर वाग्ले, जितेन्द्रप्रसाद साह र सुरज वैद्य चयन भएका छन्।संघका देशभरीका २४ शाखाका एक सय ६० जना मतदाता रहेकोमा एक सय ५९ मत खसेको निर्वाचन अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिए।
Comment Here!