महिला खबर
क्रोएसीया,जेठ १९। क्रोएसीयाली संसदले युद्धको बेला बलात्कारमा परेका महिलालाई क्षतिपूर्ति दिने कानून पारित गरेको छ।
गत शुक्रबार क्रोएसीयाली संसदले यस्तो कानून पारित गरेको रोयटर्स अनलाइनले छापेको छ।
नयाँ बनेको कानून अनुसार पीडितले शुरुमा १४ हजार ५ सय ४ डलर पाउने छन् भने मासिक भत्ता ३ सय ६२ डलर हुनेछ।
उनीहरूले निःशुल्क कानुनी तथा स्वास्थ्य परामर्श पनि पाउने भएका छन्। नयाँ कानुन अबको जनवरीबाट लागु हुने भएको छ।
यूगोस्लोभियाबाट स्वतन्त्र भएकाे क्रोएसीयाले १९९१ देखि ९५ सालसम्मको युद्धमा कति महिला बलात्कृत भए भन्ने संख्या अझै थाहा हुनसकेको छैन।
Comment Here!