सर्वस्व लुटिएको त्यो दिन…


प्रकाशित मिति :2015-06-03 14:36:57

साधना विश्वकर्मा

काठमाडौं,जेठ २०। तीन जनाको सुखी परिवार। दुःख सुःख जे जस्तो भए पनि सिन्धुपाल्चोक की मीना पुनको दिनचर्या चलिरहेकै थियो। जीवनको आफ्नै रङ्ग र पन थियो। तर, वैशाख १२ गते आएको महाविनाशकारी भूकम्पले सबै खोस्यो। ‘दैव पनि कस्तो पक्षपाती रहेछ।

DF final

पैसा कमाउन विदेश गएका श्रीमानको दुईवर्ष अघि लास आयो। अहिले भुकम्पले भएको एउटै छोरा लग्यो।’ यति भन्दै गर्दा उनको गला अवरुद्ध भएको थियो। कसैले पनि परिकल्पना नगरेको यो महाभूकम्पले उनका सन्तानलाई मात्र लगेको होईन। देशका झण्डैं दश हजार नागरिकलाई पनि अकालैमा लग्यो भूकम्पले।

तर परिवारवाट अलग रहेर सन्तानको मुख हेरेर वाँचेकी मीना अव कसरी वाँच्ने भनेर सोच्नै नसकेको बताउँछिन्। २२ वर्ष अघि मीनाले आफैले रोजेर चन्द्र वहादुर खड्कासँग अर्न्तजातिय विवाह गरेकी थिईन्। मगर जात भएकै कारण उनले श्रीमानको घरमा राम्रो व्यवहार पाइनन् र चन्द्र वहादुरले उनलाई घरवाट अलग वनाएर राखे। दुई जनामात्रै हुँदा उनीहरूको साझँ विहानको छाक जसरी तसरी मजदुरी गरेर चलिरहेकै थियो।

बच्चा भएपछि उनिहरुको अभिभावकत्व र पारिवारिक दायित्व वढ्यो। छोरा बढ्दै गयो पढाउने जिम्मेवारी पनि थपियो। आम्दानीको स्रोत भन्दा खर्च वढ्न थालेपछि मीनाले आफ्नो पतिलाई विदेश जान सल्लाह दिईन्। अन्ततः ससुरालीले दिएको ऋणले मलेशिया पुगे उनका श्रीमान सुनौलो भविष्यको सपना वोकेर।

‘वाहिर काम पनि राम्रै थियो। फोनमा उहाँले भन्नुहुन्थ्यो —’छोराकोे भविष्यकै लागि मैले आफ्नो दुःख विर्सिरहेको छु। छोरालाई राम्रोसँग पढाउ। उसलाई कहिल्यै पनि अभावको अनुभव हुन नदिनु है। हाम्रो वावा हामीवाट टाढा हुनुहुन्छ भन्ने महसुस हुन नदेउ।’ आँखाभरी टिल्पिलाएका आँसु पुछ्दै उनले भनिन् —’वाहिर गएको दुई वर्षछि उहाँलाई पनि दैवले मबाट छुटायो। त्यो चोट विर्सन खोज्दै थिएँ तर अर्को चोटले घाउमा नुनचुक थप्यो। छोरो बाँच्ने आधार थियो। आज त्यहीपनि दैवले चुँडाएर लग्यो।’

मीनाको तन ,मन धन जे भनेपनि छोरा केशव थिए। जसको मुख हेरेरै उनको मुहारमा मुस्कान छाउँथ्यो। बाँच्ने प्रेरणा जाग्थ्यो।

उनले छोराकै खुसी र भविष्यको लागि संघर्ष गरिरहेकी थिईन्। ‘उसको लागि मैले आफ्नो जीउ ज्यान नभनी दिनरात पसिना वगाएर उसलाई पढाईरहेकी थिएँ। उसैलाई आज दैवले मबाट खोसेर लियो— भक्कानिँदै उनले भनिन्। ‘म पानीमा भिज्दै काम गरेको देखेर छोराले भन्थ्यो,म ठुलो भएर पैसा कमाउने भएपछि तपाईलार्ई कहिल्यै पनि यसरी पानीमा भिज्न दिनेछैन’ मीनाले वाक्य पुरा गर्न सकिनन्।

अहिले उनी काठमाण्डौंको टुडिँखेल पालमा बस्दै आएकी छन्। जीवनमा कहिल्यै नसोचेका सबै भन्दा ठुलो पीडा खेपीसकेकाले अब त्यस्ता चोट सहन आफू वानी परिसकेको उनको भनाई छ। कतैवाट अलिकति ऋण पाए सानोतिनो व्यापार गर्ने ईच्छा भएको उनी बताउँछिन्।

काठमाडौंस्थित टुँडिखेलमा भेटिईन् ओखलढुङ्गाकी उमा वस्नेत। परिवारका ४ जना सदस्य गुमाएकी उमाले एकजना नन्द र आफूमात्र बाँच्न सफल भएको बताइन्।महाभूकम्पमा परि आफ्नो ६ वर्षीय छोरा, ३६ वर्षीय श्रीमान, ६१ वर्षीया सासु र १७ वर्षीया एक नन्दको ज्यान गएपछि अहिले उनको होस उडेको छ।

manmaya aale

भूकम्प आउँदा उनी घरभित्रै थिईन् तर श्रीमान, छोरा, सासु र नन्द घर छेउकै बारी काम गर्दै थिए। उनी भन्छिन्—’हुटुटुटु……भुकम्प आयो म भागेँ उनीहरूलाई माथिपट्टि रहेको छिमेकीको घर ढलेर पुर्‍यो। भुँईचालो जाने वित्तिकै उनले सबै भन्दा पहिले छोरालाई वल्ल तल्ल एक्लै निकालिन्। तर, छोराले संसार छोडिसकेका थिए। ‘संसारको सबै चिज गुमाए जस्तो लाग्यो। हात खुट्टा काम्न थाल्यो। आफूलाई सम्हाल्दै त्यसपछि मैले श्रीमानलाई झिक्न थालेँ उहाँको पनि प्राण गैसकेको रहेछ’ — सम्हालिदै उनले भनिन्।

‘मेरो आशा पनि मरिसकेको थियो, उमाले भक्कानिँदै भनिन् —सबैलाई गुमाई सकेकीरहेछु। एकै छिनमा नन्दले एैया एैया भनेको आवाज सुनियो। त्यसपछि नन्दलाई निकालेँ। नन्दलाई शरीरै भरी चोट लागेको रहेछ। अब विकल्पको आश रह्यो मर्ने त मरिहाले । बहिनीलाई जसरी पनि वचाउँछु भन्ने लाग्यो। तर हिँड्नलाई बाटै थिएन। गाँउ सबै ध्वस्त भएको बल्ल देखेँ। घटना भएको पर्सिपल्ट वल्ल बहिनीलाई उपचारका लागि पोखरा पठाँए।’

रसुवा लाङटाङ्की फुर्पा तामाङ  पनि आफै हराए जस्तै भएकी छिन्। भर्खर पढ्दै गरेका उनका दुई छोरीको घरभित्र खेलिरहेको समयमा भत्किएर मृत्यु भयो। छोरीको मृत्युसँगै उनको होस ठेगानमा छैन। एक छोरा र उनीमात्रै बाँचे। भूकम्पले उनका छोरीलाई मात्र लिएन। अलिकति भएको जग्गा जमिन पनि सखाप पर्‍यो।

‘जहिलेसुकै छोरीहरू आँखामा घुमिरहन्छन्। कसरी उनीहरूलाई भुल्ने, कहाँ जाने उनले आफ्नो भविष्यलाई नै अन्धकार देख्न थालेकी छिन्। अहिले उनी ललितपुरस्थित जावलाखेलमा पालमै बस्दै आएकी छन्।

Dolma

जावलाखेलमै बस्दै आएकी रसुवाकी डोल्मा तामाङ् बस्ने वासको टुङ्गो लागे चाँडै आफ्नै ठाँउमा र्फकन चाहान्छिन्। उनका दुई सन्तानको भूकम्पमा परि मृत्यु भयो। सन्तान वियाेगको चिन्ता त छँदै छ त्योसँगै चिन्ता कहाँ वस्ने भन्ने कुराको छ।

शोकका कारण स्वास्थ्य विग्रदै गएको छ गोरखा बारपाककी पुर्णिमा गुरुङको। वैशाख १२ गतेको भुकम्पमा उनले श्रीमान् वीरबहादरु गुरुङ्लाई गुमाएकी हुन्। जीवनसाथी गुमाएपछि पुर्णिमाको काँधमा ४ वर्षीय छोरालाई पालन पोषण सहित राम्रो शिक्षा दिने जिम्मेवारी थपिएको छ।

नातिनी गुमाएकी काभ्रेकी मनमायाँ आलेलाई घर फर्कने जाँगर छैन। भत्केको त्यो घर देख्ने वित्तिकै १० वर्षीया नातिनी आशा आलेको याद आउँछ। घरभित्रै खेलिरहेको अवस्थामा पुुरिएकी आशालाई उसको ६ वर्षीय भाईले खोजिरहन्छ। आफू के भनेर जवाफ दिने? मनमायालाई चिन्ता छ।

भूकम्पमा परि जति पनि परिवारले  अाफ्ना सदस्य गुमाएका छन्। उनीहरू सबैको पीडा उस्तै उस्तै छ। परिवार गुमाएका भूकम्प पीडितहरू न शोकमा मन फुकुन्जेल रुन पाएका छन्, न त सान्तवना र सहानुभुति दिने मनहरू। यो महाविपत्तीमा परेका अधिकाश‌ंको यो घाउमा मल्हम लगाउन राहत र पुर्नस्थापना गरेरमात्र राज्यको दायित्व पुरा हुने छैन , उनीहरूको भरोसा हुनु अति जरुरी छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: