एजेन्सी
जेरुसेलम,जेठ २०। आफूले चाहेको लुगा लगाउन पाउनुपर्ने भन्दै इजरायलको राजधानी जेरुसेलममा महिलाले प्रदर्शन गरेका छन्। महिलामाथि हुने यौन हिंसाविरुद्ध ‘नो मिन्स नो’ भन्दै करीव चारसय महिला सडकमा निस्किएका थिए।
हामीलाई जुन लुगा मनपर्छ त्यही लगाउँछौं भन्ने प्लेकार्ड बोकेका प्रर्दशनकारीले महिलालाई यौन हिंसा गर्नुको कारण उनीहरूको पहिरन हो भन्ने पुरुषको सोचाइविरुद्ध आवाज उठाएको वाइनेट न्युजले जनाएको छ। सहभागीहरूले महिलाको शरीर कसैको सम्पत्ति नभएको भन्दै आफूले चाहेको पोशाक लगाउन पाउनुपर्ने आवाज उठाए।
प्रदर्शनमा सहभागी जेरुसेलम की २० वर्षीया तमार भन्छिन— ‘मैले जस्तोसुकै लुगा लगाउँ तर मलाई छुने अधिकार कसैलाई छैन।’ उनले बाटो हिँड्दा विगतमा आफू धेरै पटक यौन दुर्व्यवहारमा परेका अनुभव सुनाइन्। प्रदर्शनकारी महिलाले भने— पुरुषले महिलालाई पैसाले जहाँपनि किन्न सकिन्छ भन्ने सोचाइ एकदमै गलत भएको बताए।
Comment Here!