भूकम्पबाट मर्नेमा बालिका धेरै


प्रकाशित मिति :2015-06-03 16:24:38

महिला खवर

ललितपुर, जेठ २० । भूकम्पबाट अहिलेसम्म दुई हजार २३ जना बालबालिकाको मृत्यु भएको महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले जनाएको छ । यी मध्ये ९८६ बालक र एक हजार ४४ बालिका रहेका छन् । यसैगरी आठसय ७६ जना बालबालिका घाइते भएका छन । भूकम्पका कारण ५९ जना बालबालिकाले आमा र बाबु दुबै गुमाएका छन् । दुईसय तीनजनाले आमा गुमाएका छन् भने एकसय १२ जनाले बाबु गुमाएका छन् ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी सिन्धुपाल्चोकमा एक हजार ९२ जना बालबालिकाको मृत्यु भएको छ । त्यसैगरी, सबैभन्दा कम रामेछापमा एकजना बालकको मृत्यु भएको छ । भूकम्पबाट सबैभन्दा बढी प्रभावित र कम प्रभावित सबै जिल्लामा ज्येष्ठ नागरिक, महिला, गर्भवती र सुत्केरीको विवरण भने सङ्कलन गर्ने काम भइरहेको मन्त्रालयका प्रवक्ता तथा सह–सचिव नारायणप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

मन्त्रालयका उपसचिव तथा बाल संरक्षण विकास शाखा प्रमुख डा किरण रूपाखेतीले भूकम्पका कारण बाबुआमा गुमाउने बालबालिकालाई आफन्तसँगै राख्न पहिलो प्राथमिकता दिने, आफन्तसँग बस्न नचाहेमा मात्र सरकारले बालगृहमा राख्ने व्यवस्था मिलाउने बताउनुभयो ।

नयाँ बालगृह खोल्न अनुमति दिनुभन्दा पनि भएका बालगृहमा नै अभिभावकविहीन बालबालिकालाई व्यवस्थित गरिने उहाँको भनाइ छ । गृह मन्त्रालयले समेत भूकम्पपछि नयाँ बालगृह सञ्चालनका लागि अनुमति नदिन महिला मन्त्रालयलाई पत्र पठाइसकेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: