महिला खबर
ललितपुर, जेठ २१।कक्षा १२ र ११ को परिक्षा जेठ २० गतेदेखि सुरु भएको छ। अहिले ६८ जिल्लाको परिक्षा भैरहेको उच्च माध्यामिक शिक्षा परिषदका परिक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो। अर्यालका अनुसार कक्षा १२ र ११ को गरी जम्मा ८ लाख २४ हजार ४ सय जना प्रशिक्षार्थीले परिक्षा दिँदैछन्।
जसमा छात्र ३ लाख ९६ हजार २ सय ८४ रहेका छन् भने छात्रा ४ लाख २१ हजार १ सय ८० रहेका छन्।
६८ जिल्लामा ३ लाख ८४ हजार ४ सय १३ जनाले परिक्षा दिईरहेको अर्यालले जानकारी दिनुभयो। जसमा छात्र १ लाख ८५ हजार १ सय २४ र छात्रा १ लाख ९९ हजार २ सय ८९ जना रहेका छन्। कक्षा ११ को परिक्षा दिने जम्मा ३ लाख ८६ हजार २ सय ९३ जना रहेका छन्। जसमा छात्र १ लाख ९२ हजार ७ सय ६४ जना रहेका छन् भने छात्रा १ लाख ९३ हजार ५ सय २९ जना रहेका छन्।
त्यसैगरी बाँकी ७ जिल्लाका कक्षा १२ को परिक्षा दिने २२ हजार ९ सय ५९ जना रहेका छन् भने कक्षा ११ को ३० हजार ७ सय ६० रहेका छन्। कक्षा १२ मा छात्र ८ हजार ९ सय ५ जना र छात्रा १४ हजार ५४ जना रहेका छन्। त्यसैगरी कक्षा ११ मा छात्र ९ हजार ४ सय ९१ जना र छात्रा १४ हजार ३ सय ९ जना रहेका छन्। अर्यालका अनुसार परिक्षा दिनेमा छात्र भन्दा छात्रा बढी रहेका छन्।
Comment Here!