महिला खबर
कास्की,जेठ २१ । एकल महिलालाई आत्मनिर्भर बनाउन एकल महिला समूह कास्कीले आलु चिप्स, भुजिया र दालमोठ बनाउने तालिम दिएको छ ।
तालिम लिएर व्यवसाय सञ्चालन गर्ने र आर्थिक रुपमा सबल भई आत्मनिर्भर बन्न तालिममा सहभागी भएको उनीहरूले बताए ।एक हप्ते तालिममा सहभागी एकल महिला विष्णु सुवेदीले बजारमा दैनिक खपत हुने आलु चिप्स, भुजिया र दालमोठका लागि बजारको समस्या नभएको भन्दै लगानीको वातावरण भए यसैबाट आत्मनिर्भर हुन सक्ने विश्वास व्यक्त गरिन ।
उनीसँगै तालिम लिएकी गीता थापाले उत्पादित बस्तुको बजार व्यवस्थापन समूहले गरिदिए आफू यही पेसामा अगाडी बढ्न चाहेको बताईन् ।
आयोजक संस्थाका अध्यक्ष प्रमिला तझ्याले लगानीका कारणले व्यवसाय शुरु गर्न नसक्ने दिदी बहिनीका लागि एकल महिलाद्वारा संचालित महिला आधार बचत तथा ऋण सहकारीबाट सुलभ व्याजदरमा ऋण दिई आत्मनिर्भर बनाउन सहयोग गर्ने बताईन् ।
इच्छा शक्ति लिएर आउने दिदी बहिनीकालाई लगानी गर्ने समस्या नभएको तझ्याले सुनाईन् । तालिममा ४५ जना महिला सहभागी थिए ।
Comment Here!