महिला खबर
संखुवासभा, जेठ २१ । आफ्नै छोरी बलात्कार गर्ने संखुवासभा चैनपुरका ४१ वर्षीय एक बाबुलाई जिल्ला अदालत संखुवासभाले २० वर्षको कैद सजाय सुनाएको छ ।
न्यायधीश टीकाराम आचार्यको एकल इजलासले हाडनाता करणीमा १० र बलात्कारमा १० गरी २० वर्ष कैद सजाय सुनाएको श्रेस्तेदार कुमार मास्केले जानकारी दिनुभयो ।
अदालतले पीडितलाई ३० हजार रुपैयाँ क्षतिपुर्ती उपलव्ध गराउने आदेश समेत दिएको छ ।
पीडित किशोरीले बाबुले डर धम्की देखाएर जवजस्ती बलात्कार गरे लगतै गत फागुन २९ गते चैनपुर इलाका प्रहरी कार्यालयमा लिखित उजुरी दिएको आधारमा बाबुलाई पक्राउ गरी हाडनाता करणी सम्बन्धी मुद्दा चलाइएको थियो ।
Comment Here!