साधना विश्वकर्मा
काठमाडाैं, जेठ २१ । पहाडमा भन्दा मधेसमा महिला हिंसाका घटना कम भएको नेपाल मधेस फउण्डेशनले दाबी गरेको छ ।
फाउण्डेशनले काठमाडौंका दश वटा दैनिक पत्रिकामा प्रकाशित महिला हिंसाका समाचारहरूको अध्ययन अनुसार यस्तो तथ्य भेटिएको गोष्ठि मार्फत सार्वजनिक गरेको हो ।
सोही कार्यक्रममा बोल्दै राष्ट्रिय माहिला आयोगका अध्यक्ष शेष चाँदताराले मधेस फाउण्डेशनको अनुसन्धान प्रशंसायोग्य भएपनि पत्रिकामा प्रकाशित महिला हिंसाका घटनाहरूले मधेसका महिलामाथिको हिंसा कम छ भन्न सक्ने अवस्था नभएको बताउनु भयो ।
अध्यक्ष चाँदताराले मधेसका महिलामा घरेलु हिंसाका घटना बारम्बार बाहिर आईरहेकोले यो अध्ययनले मात्र उनीहरूमाथि हिंसा कम भएको छ भनेर पुष्टि गर्न नसक्ने विचार व्यक्त गर्नु भयो ।
उहाँले काठमाडौंबाट प्रकाशित हुने समाचारको आधारमामात्र सिमित रहेर अनुसन्धान गर्नु भन्दा पनि स्थानीय महिला तथा पत्रकारहरूसँग समन्वय गरेर अनुसन्धान गर्न सुझाव दिनु भयो ।
फाउण्डेशनले घरेलु हिंसामा १२ प्रतिशत, लैगिंक हिंसामा ४० प्रतिशत वहुविवाहमा १ प्रतिशत, आत्महत्या गर्नेमा १ प्रतिशत र वाल विवाहमा १ प्रतिशत हिंसाका घटना दैनिक पत्रिकामा प्रकाशित भएको सार्वजनिक गरेको हो ।
त्यस्तै ८५ प्रतिशत यौनजन्य घटना प्रकाशित भएकोमा ३२ प्रतिशत मधेसका महिलाका घटनामात्र भएको फाउण्डेशनले दावी गरेको छ ।
Comment Here!