महिलाद्वारा सडक र नहर निर्माण


प्रकाशित मिति :2015-06-04 14:40:35

महिला खबर

unnamed 1
फत्तेपुर(बाँके) , जेठ २१ । टाउँकोमा टोकरी, हातमा फरुवा, हस्याङ—फस्याङ गर्दै हिँड्दै थिइन् फत्तेपुर ८ कमैया डाँडाकी माया थारु । बाढीले भत्काएको नहरको कल्भर्ट बनाउने हतारोले मायालाई भ्याईनभ्याई  रहेछ ।

गतवर्ष आएको बाढीले गर्दा फत्तेपुरकै उच्च मानिने कमैया डाँडामा रहेको नहरको कल्र्भट पूर्णरुपमा काम नलाग्ने गरी भत्काएको थियो । मायासँगै रहेकी आशा थारुले भन्नुभयो–‘कल्भर्ट भत्काएपछि सिंचाई गर्न पाएनौं अब बनायौं, सुविधा हुन्छहोला ।’ दैनिक ८० जना महिलाले श्रमदान गरेर उक्त  नहर बनाएका हुन् ।

मिस्त्री जीतबहादुर सुनारले भन्नुभयो–‘महिलाको ठूलो योग्दान छ ।  म मिस्त्री हुँ अरु सबै काम महिलाले गरेका छन् ।’ उनीहरूले प्रतिदिन  ३ सय ६१ रुपैयाँ ज्याला पनि पाएका थिए । नहर पनि पैसा पनि कस्तो राम्रो काम फत्तेपुर–९ की कुन्टी थारुले खुशी हुँदै भन्नुभयो– ‘नहर बन्यो, बाटो बन्यो सिंचाइ गर्न पाइयो ।’ महिलाको पाखुरीले गाउँको विकास भएको फत्तेपुर–९, की पुजा परियारको बुझाई छ ।

यो निर्माणकार्यबाट २ हजार जनसंख्या लाभान्वित हुने भएका छन् ।

उनीहरूले ८ घण्टाको प्रतिदिन ३ सय ८० रुपैयाँ पाउनु पर्ने हो तर स्थानीयले ५ प्रतिशत सहयोग गर्नुपर्ने भएकाले दैनिक प्रति व्यक्ति १९ रुपैयाँ सहयोग स्वरुप श्रमदान गरेको बेस संस्थाका संयोजक सूर्जलाल थारुले बताए ।
विश्वखाद्य कार्यक्रमको सहयोग र व्याकवार्ड एजुकेशन सोसाइटी बेस संस्थाको आयोजना अन्तरगत उक्त कल्भर्ट निर्माण भएको संस्थाका अध्यक्ष लाहुराम थारुले बताए ।

११ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा सम्पन्न कार्यक्रममा स्थानीय बासिन्दाले ५३ हजार  रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।

बाँकेको फत्तेपुरमा  नहरसँगै सडक निर्माणमा जुट्दै गरेका महिला ।

प्रकाशित मितिः २०७२ जेठ २१ बीहिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: