आफ्नै पाखुरीले बनाउँछौ आफ्नो घर


प्रकाशित मिति :2015-06-04 16:37:55

‘हामीलाई परेको दुः ख केही हैन्,’ रीताले भनिन् ‘हामी भन्दा धेरै भूकम्पबाट पीडित भएका छन्। तर, उनीहरूले राहत नपाएको गुनासो हामीले सञ्चार माध्यममा सुन्छौँ। जो आफू कमाएर खान सक्छ, सबै कुरा आफै गर्न सक्छ, उसले मात्र राहत लिएको सुन्छौँ। यस्तो हुनु भनेको दुःखको कुरा हो।’

चीना थापा

rajdhani-ma-tarkari-bachan-basaka-mahila-haru-2-e1433415224301ललितपुर, जेठ २१ । रामेछापकी सम्झना भुजेल ललितपुरको लगनखेलमा बसेर तरकारी बेच्छिन्। दैनिक ३ देखि ४ हजार रुपैयाँसम्म आम्दानी गर्ने भुजेलको गाउँको घर भूकम्पका कारण भत्किएको छ। उनका सासू ससुरा गाउँ मै छन्। ‘उहाँहरूका लागि गाउँ गएर बसोबासको अस्थाई व्यवस्था गरेर आएकी छु’ —भुजेलले भनिन्।

भूकम्पले आफ्नो घर भत्किएपनि उनले आफै घर बनाउँने अठोट गरेकी छिन्। भन्छिन्— अरुको मुख ताक्नुभन्दा आफैँ काम गरेर कमाएको पैसाले फेरी आफ्नो घर बनाउँछु। ‘मैले अहिलेसम्म केही राहत लिएको छैन्।’ घर बस्नै नहुँने भएपनि हामीले घरको सामान झिक्न पाएका छौँ। सबै सकुशल छौँ। हामी कमाउन पनि सक्छौँ। राहत हामीलाई हैन्, जसको घर पूर्ण रुपमा ध्वस्त भएको छ। सन्तान तथा आफन्त गुमाएका छन्। बस्ने बास छैन। खाने गाँस छैन्। त्यस्ता पीडितहरूलाई हो राहत दिने’— सम्झनाले भनिन्।

अहिले पीडितको नाममा पहुँचवालाले मात्र राहत लिईरहेको भन्दै उनले वास्तविक पीडितसम्म पुर्‍याउन आवश्यक रहेको उनको भनाई छ। ‘यो विपत्तिमा विशेष त महिला तथा बालबालिका बढी प्रभावित भएको हामीले समाचारमा सुनेका छौँ।

काभ्रे भकुण्डेकी रीता शाह खुल्लामञ्चमा फलफूलको व्यापार गर्छिन्। यही व्यापारबाटै उनको दैनिक गुजारा गर्ने माध्यम हो। यही व्यापारबाट छोरालाई बोर्डिङ पढाएकी छिन्। भूकम्पपछि १७ दिन गाउँ गइन्। काठमाडौं फर्केर आफ्नो व्यापारलाई निरन्तरता दिएकी शाहको पनि राहत वास्तविक पीडितले पाउनुपर्ने विचार छ । उनी राहत लिनुभन्दा आफैले केही गनुपर्नेमा जोड दिन्छिन्।

‘हामीलाई परेको दुः ख केही हैन्,’ उनले भनिन् ‘हामी भन्दा धेरै भूकम्पबाट पीडित भएका छन्। तर, उनीहरूले राहत नपाएको गुनासो हामीले सञ्चार माध्यममा सुन्छौँ। जो आफू कमाएर खान सक्छ, सबै कुरा आफै गर्न सक्छ, उसले मात्र राहत लिएको सुन्छौँ। यस्तो हुनु भनेको दुःखको कुरा हो।’

रीता शाह एकल महिला हुन्। तर, भूकम्पले क्षति पुर्‍याएपनि उनले हिम्मत हारेकी छैनन्। उनी भन्छिन्— ‘मैले राहत लिनुभन्दा म भन्दा धेरै दुःख पाएकाले लिन्छन् भनेर लिईन। सके आफूले पनि सहयोग गर्थें। सहयोग गर्न सक्ने अवस्था मेरो छैन । यो दुखद् परिस्थितीमा आफै गरिखाने साहस भने झन थपिएको छ।’

धन नभएपनि मन भएकी शाह हुनेले राहत नलिएर नहुँनेलाई दिए प्रभावकारी हुने सुझाउँछिन्। सक्नेले आफै काम गरेर खाएको राम्रो हुने उनको भनाई छ। सिन्धुलीकी लिलामाया श्रेष्ठलाई कुपण्डोलमा ग्राहकलाई चिया पकाएर खुवाउन भ्याईनभ्याई छ। चिया बेचेर दैनिक २ देखि ३ हजार रुपैयाँसम्म कमाउँछिन्। सिन्धुलीमा रहेको उनको घर भूकम्पले भत्काइदिएको छ। तरपनि उनी भन्छिन्—’अरुको आस गर्नुभन्दा मेरो घर म आफै बनाउँछु। कसैले दिएर हामीलाई सँधै पुग्दैन भने हामी किन त्यसको पछि लाग्ने?’

भूकम्पले पुर्णरुपमा क्षति पुगेका वास्तविक पीडितलाई राहत छिटो पुर्‍याउँनुपर्ने उनी बताउँछिन। विभिन्न जिल्लाबाट राजधानी आई सानोतिनो व्यापार व्यवसाय गरेर जिवननिर्वाह गरिरहेकाहरू गत वैशाखको भूकम्प कारण केही समय अलमलिएका थिए। तर भूकम्पका पराकम्पन कम हुँदै गएपछि आफै भूकम्प पीडित भएपनि राहतको खोजीमा लाग्नुभन्दा आफ्नै व्यापार/व्यवसायलाई निरन्तरता दिएर आफ्नो घर आफै बनाउने अठोट गरेका छन्।

पीडितका नाममा आएको राहत पहुँचवालाले मात्र लिए, राहत सामग्री बेचियो, राहत पाइएन जस्ता गुनासाहरू संचारमाध्यममा आउन छोडेका छैनन्। तर सम्झना भुजेल, रीता शाह र लिलामाया श्रेष्ठ जस्तै धेरैले पीडालाई जित्दै आफ्नो व्यापार व्यवसाय अघि बढाएका छन् र भूकम्पले भत्काएकाे आफ्नो  घर आफै बनाउने अठोट गरेका छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: