शिविरका महिलालाई सुरक्षा देऊ — राष्ट्रिय महिला आयोग


प्रकाशित मिति :2015-06-04 17:20:51

सुमित्रा के सी

काठमाडौं, जेठ २१। भूकम्प पीडित महिलाले, सुरक्षा ,उपयुक्तवास स्थान तथा महिला लक्षित राहत सामग्री पाउन नसकेको महिला आयोगले जनाएको छ। भूकम्पपछि महिला तथा बालबालिकाको अवस्था तथा मानवीय सहायताको लैङि्गक दृष्टिकोणबाट आयोगले गरेको अनुगमनका क्रममा भूकम्प पीडित महिलाको अवस्था दयनीय भएको भेटिएको हो।

अनुगमन प्रतिवेदन सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय महिला आयोगका अध्यक्ष शेष चाँदताराले भूकम्पबाट अति प्रभावित १३ वटा जिल्लाको अनुगमन गर्नेक्रममा वैशाख १२ गते गएको महाभूकम्पबाट पीडित महिलाका लागि छुट्टै व्यवस्था गर्न नसकेको बताउनु भयो।

राष्ट्रिय महिला आयोगले राहत तथा क्षतिपूर्ति वितरण गर्ने काममा महिला सहभागिता नहुँदा यस्तो समस्या देखिएको बताउनुभयो। उहाँले अस्थायी शिविरमा रहेका महिलालाई लक्षित गरी पठाईएका राहत सामग्री समयमै वितरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
अनुगमनले भूकम्पको असर सबैभन्दा महिला तथा बालबालिकामा परेको ,राहत वितरण सम्बन्धि संयन्त्रमा महिला सहभागिता नभएको ,विभिन्न अस्थायी शिविरमा आश्रय लिई बसेका महिला तथा बालिका यौन हिंसाको शिकार हुनुका साथै बेचबिखनमा समेत परेको निष्कर्ष निकालेको छ।

यस्तै विशेष अवस्थाका महिला र बालिकाको तथ्याङक संकलनको काम प्राथमिकता भित्र नपरेको ,भूकम्प प्रभावित महिलामा शारीरिक तथा मानसिक असर परेको र राहत वितरणलाई महिलाअनुकूल बनाउन नसकिएको निष्कर्ष निकालिएको छ।
आयोगले राहत वितरण सम्बन्धि संयन्त्रमा महिला सहभागिता गराउनुपर्ने ,विभिन्न अस्थायी शिविरमा आश्रय लिई बसेका महिला तथा बालिकालाई सम्बन्धित निकायले सुरक्षाको प्रत्याभुति दिनु पर्ने र विशेष अवस्थाका महिला र बालिकाको तथ्याङक संकलनलाई प्राथमिकतामा राख्न माग गरेको छ।

वैशाख १२ गते गएको भूकम्पबाट हाल सम्म ४ हजार ८ सय महिलाको ज्यान गएको आयोगले जनाएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: