भूकम्प प्रभावित क्षेत्रमा सूचना केन्द्र


प्रकाशित मिति :2015-06-05 10:11:35

महिला खबर

ललितपुर, जेठ २२ । महिला, मिडिया र सूचनाको क्षेत्रमा कार्यरत संस्था मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले भूकम्प पीडितलाई लक्षित गरी गोरखा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा सूचना केन्द्रको स्थापना गरेको छ । सर्वसाधारणको सूचनाको पहुँचलाई सहज बनाउने उद्देश्यले स्थापना गरिएको सूचना केन्द्रले नागरिक र सार्वजनिक निकायका सूचनाका लागि एकाअर्कामा पुलको काम गर्नेछ । सूचना केन्द्रको स्थापना युएन वीमेनसँगको साझेदारीमा गरिएको हो ।

 विभिन्न निकाय, संघसंस्था तथा व्यक्तिगत तहबाट भूकम्प पीडितका लागि गरिएको सहयोग, क्षतिपूर्ति, पुनस्थापना एवं पुननिर्माणलगायतका  सूचना यी केन्द्रले संकलन तथा वितरण गर्नेछन् । सूचना केन्द्रले गोरखामा रेडियो गोरखा, नुवाकोटमा रेडियो नुवाकोट र सिन्धुपाल्चोकमा रेडियो सिन्धु र ओखरेनी साप्ताहिकसँग सहकार्य गरेको छ ।

 हाल तीन महिनाका लागि स्थापना गरिएका तीन वटै जिल्लामा सूचना संयोजक राखिएको छ । सूचना केन्द्र महिलाका लागि लक्षित भएपनि महिलामा मात्र सीमित नरहेको र जोकोहीले पनि सूचना लिन र दिन सक्नेछन् । भूकम्पपछिको विपत्तिमा भएका लैंगिक हिंसाका मुद्दालाई पनि संकलन गरिनेछ । यी सूचना केन्द्रले जनताको सूचनाको हकलाई प्रवद्र्धन गर्न र सरकारी तथा गैरसरकारी क्षेत्रबाट भएका कामको सूचना जनसमक्ष पु¥याउन सहयोगी भूमिका निर्वाह गर्ने विश्वास लिइएको म्यागले जनाएको छ ।

प्रकाशित मितिः २०७२ जेठ २२ शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: