दुई हजार भन्दा बढी छात्रा दीक्षित


प्रकाशित मिति :2015-06-05 10:33:18

महिला खबर
11421682_971066309570545_1513400613_nपोखरा २२ जेठ । पोखरा विश्वविद्यालय (पियु) बाट ४ हजार विद्यार्थी  दीक्षित भएका छन् । जसमध्ये २ हजार भन्दा बढी छात्रा छन् । यसैगरि एमफील उत्तीर्ण गरेका ६२ जनामा १५ जना छात्रा रहेका छन् ।

पियुका सह–कुलपतिको हैसितयवाट शिक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका वनमन्त्री महेश आचार्यले दीक्षित विद्यार्थीलाइ शपथ ग्रहण गराउनु  भएको थियो ।

मन्त्री आचार्यले दीक्षित विद्यार्थीलाई आफ्नो ज्ञान, सीप र अभ्यासलाई राष्ट्र निर्माणमा लगाउन सुझाव दिनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका पुर्व उप–कुलपति प्रा. डा. केदारभक्त माथेमाले दीक्षित विद्यार्थीले अहिले आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपुर्ण क्षणमा आएको बताउनुभयो ।

दीक्षित विद्यार्थीमध्ये स्नातक तह व्यवस्थापन संकाय तर्फ १५४ जनामा १०० जना छात्रा रहेका छन् भने विज्ञान तथा प्रविधि संकायमा १११ जना मध्ये ४५ जना छात्रा रहेका छन् ।

11291364_971066302903879_1169185262_n

२०५६ असारबाट शैक्षिक कार्यक्रम संचालमा ल्याएको पियुमा हाल व्यवस्थापन, बिज्ञान तथा प्रविधि र मानवशास्त्र संकाय अन्तर्गत ४ आङ्गिक र ५८ वटा सम्बन्धन प्राप्त कलेज छन् । तीनमा करीब २८ हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मितिः २०७२ जेठ २२ शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: