रमला सिंगक
सुनसरी, जेठ २२ । महिलालाई आर्थिकरुपमा आत्मनिर्भर बनाउँदै पेशामा आवद्ध गराउने उद्देश्यले धरानमा शुक्रबारदेखि एक महिने सौन्दर्यकला (व्युटिसियन) तालिम सुरु भएको छ ।
अरुलाई रोजगार दिनसकिने पेसा व्यूटिपार्लर सञ्चालन गर्न आधारभूत सीपकाका लागि तालिम आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष कल्पना शेर्पाले जानकारी दिनुभयोे ।
जिल्ला विकास समिति सुनसरीको सहयोगमा राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ सुनसरीले आयोजना गरेको तालिममा २६ जना महिला सहभागी छन् ।
महिलाले आयमुलक सीप सिके आर्थिकरुपमा सक्षम हुने र परिवार, समाजमा पनि सशक्तीकारण हुने भएकाले यस्ता तालिम आवश्यक रहेको तालिममा सहभागी महिलाले बताए ।
आयोजक संस्थाकी सदस्य विमला प्रधानले सानोतिनो आवश्यकता परा गर्न पैसाका लागि श्रीमानको अघि हात पसार्नुपर्ने बाध्यतालाई हटाएर महिलालाई आर्थिकरुपमा सक्षम बनाउने तालिमको उद्देश्य रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘तालिमको मुख्य उद्देश्य महिला दिदीबहिनीलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउनु हो । उनीहरूलाई चुलाचौकमा मात्रै सिमित नभई आयमुलक कार्यमा पनि अघि बढौं भनेर कार्यक्रम गरेका हौं ।’ महासंघले यसअघि महिलालाई सुकुटीको अचार, च्याउ खेती गर्नेलगायत तालिम दिएर आत्मनिर्भर बनाउने प्रयास गरेको जानकारी उहाँले दिनुभयो ।
आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष खम्बासिंह गुरुङ्गले तालिम लिएपछि त्यतिकै नबसी र्पालर सञ्चालन गरेर आत्मनिर्भर बन्न सहभागी महिलालाई सुझाव दिनुभयो ।
Comment Here!