एजेन्सी, जेठ २२ । जन्म नियन्त्रण गर्ने अधिकार र पहुँच महिलालाई दिन नहुने भन्दै संसदमा कुरा उठाउने सांसदको कार्टुन बनाउने एक इरानी कलाकार एटिना फर्घादनीलाई १२ वर्ष जेल सजाय भएको छ ।
तेहरानको एक अदालतले सासंदको कार्टुन बनाई अपमान गरेको भन्दै १२ वर्षको जेल सजाय सुनाएको मेल अनलाइनले जनाएको छ । उनले गाई र वाँदरको चित्र बनाई यो निर्णय गर्नेविरुद्ध कार्टुन बनाएकी थिइन् ।
उनलाई गत अगष्ट महिनामा पक्राउ गरी नोभेम्बरमा छोटो समयका लागि जमानतमा रिहा गरिएको थियो । तर, जेलमा कुटेको र यातना दिएको कुरा खुल्ला रुपमा भनेको आरोप लगाउँदै उनलाई फेरी पक्राउ गरिएको थियो । जेलमा आफूलाई गरिएको व्यवहारका बारेमा उनले इरानका धार्मिक नेता आयोतल्लाह खोमेनीलाई फेसबुकमार्फत खुल्ला पत्र लेखेकी थिइन् ।
एटिना फर्घादनीले बनाएको व्यङगात्मक तस्विर
उनको पक्राउपछि घरमा छापा मारिएको र उनको परीवारका सदस्यलाई समेत ज्यानमार्ने धम्की आउने गरेको समाचारमा उल्लेख छ ।
मेल अनलाइनका अनुसार एटिनालाई अहिले तेहरानको जेलमा राखिएको छ भने हप्तामा एक जना आफन्तले मात्र उनलाई भेट्न पाउने अनुमति दिइएको छ ।
प्रकाशित मितिः २०७२ जेठ २२ शुक्रवार
Comment Here!