आर्थिकरुपमा शसक्त वन्दै सिन्धुलीका महिला


प्रकाशित मिति :2015-06-05 16:26:53

चीना थापा
सिन्धुली, जेठ २३। सिन्धुलीका महिला सहकारीवाट विभिन्न व्यवसाय गरेर आत्मनिर्भर वन्न थालेका छन्। सहकारीवाट उनीहरूले थोरै ऋण लिएर व्यवसायिक वाख्रापालन, तरकारी खेती, किराना पसल तथा अन्य आयआर्जनमूलक व्यवसायमा लागेका छन् ।

शान्तेश्वरी गाविसकी राजकुमार कार्की सहकारीवाट थोरै ऋण लिएर अहिले गाउँमै किराना पसल गरिरहेकी छिन्। किराना पसलवाट उनले मासिक १५ हजार रुपैयाँ भन्दा वढी आम्दानी गर्छिन्। पसलवाट आएको आम्दानीवाट उनले १० जनाको परिवार सहजै पालेकी छन्। पसल सञ्चालन गर्न लिएको ऋण समेत तिरेर सहकारीमा धेरै वचत गरिसकेको उनले वताईन। सहकारीमा आवद्ध भएपछि श्रीमानको मुख ताक्नु नपर्ने र आफूलाई चाहेको खर्च सहकारीवाट निकालेर काम चलाउन सकिने उनको अनुभव छ।

रतनचुरा गाविसकी रुकुमाया थापा तरकारी खेतीवाट वर्षमा २ लाख रुपैयाँ भन्दा वढी आम्दानी गर्छिन्। पैसा कमाउन मेहनत चाहिने थापाको भनाई छ। पछिल्लो समय महिला पनि विदेश जाने क्रम वढेकाले आफूमा श्रम र सीप भए २/३ लाख कमाउन अर्काको भूमिमा जानु नपर्ने उनको भनाई छ।

सहकारीमा आवद्ध भएर कुनै न कुनै व्यवसाय राम्रोसँग गर्ने हो भने आफ्नै घरमा वसेर राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ। आफ्नो व्यवसायवाट भएको आम्दानीले उनले आफ्नो घर व्यवहार चलाउनुको साथै सहकारीमा वचत गर्ने गरेको उनले बताईन्। आवश्यक परेको वेला उनले आफूलेे वचत गरेको पैसा झिकेर काम चलाउने गर्छिन्।

कमलामाई नगरपालिका वर्देउटारकी गीता कार्की व्यावसायिक तरकारी खेती र पशुपालन गर्छिन्। यसवाट हुने आम्दानीले कार्कीले आफ्ना तीनजना बच्चालाई वोडिङ स्कुलमा पढाउनुको साथै जग्गा समेत जोडेकी छिन्। उनले व्यावसायिक तरकारी खेती गर्न थालेको ८ वर्ष भयो।
‘विहान वेलुकाको छाक टार्न धौ धौ पर्थ्यो—उनी भन्छिन्, अहिले व्यावसायिक तरकारी खेती गर्न सुरु गरेको ८ वर्षमै ९ कट्ठा जग्गा जोडिसकेकी छु। अन्य आम्दानी केही नभएकी कार्कीले तरकारी खेती र पशुपालनवाटै आफ्नो जीवनमा ठूलै परिवर्तन ल्याएकी छिन्।

पछिल्लो समयमा ग्रामिण भेगका महिलाले आफ्नो इच्छा अनुसारको व्यवसाय गरेर आयआर्जन गर्न थालेपछि घरव्यवहार चलाउन सजिलो भएको अनुभव गरेका छन्। सम्पूर्ण समय चुलोचौकामा विताउने महिला आर्थिक उपार्जनमा लाग्न सके परिवार तथा महिलाको आर्थिक अवस्था सुधार्न धेरै समय नलाग्ने र गरिवी निवारणमा पनि सहयोग पुग्ने उनीहरूको भनाइ छ।

प्रकाशित मितिः २०७२ जेठ २३ गते शनिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: