महिला खबर
काठमाडौं,जेठ २३। महिला तथा बालबालिका सेवा केन्द्र रानी पोखरीले हिंसा पीडित महिला र बालबालिकाको उद्धारको लागि २४ घण्टे मोबाईल सेवा शुरु गरेको छ। सेवा केन्द्रले ‘लैंगिक हिंसा नियन्त्रण तथा पीडित उद्धार घुम्ती प्रहरी’ सेवा शुरु गरेको एकवर्ष भयो। घरेलु हिंसामा परेका महिलाको छिटोभन्दा छिटो उद्धार गर्न सकियोस् भन्ने उद्देश्यले यो सेवा शुरु गरेको प्रहरी नायव उपरिक्षक तारा थापाले बताउनुभयो।
उहाँले ‘लैंगिक हिंसा नियन्त्रण तथा पीडित उद्धार घुम्ती प्रहरी लेखेको भ्यान उपत्यकामा घुमाउँदा पनि खराव मानसिकता भएकालाई मनोवैज्ञानिक दवाव हुने र महिलाले सुरक्षाको अनुभूति गर्ने गरेको बताउनुभयो।
थापाले भन्नुभयो ‘महिलामाथि कुनै पनि प्रकारको हिंसा भएको खबर पाएमा नजिक भए आफै जान्छौं। टाढा छ भने घटना भएको नजिकैको प्रहरी वृतमा खबर गरेर उद्धारको लागि खटाउने गरेका छौं।’
सेवा केन्द्रमा उद्धारका लागि अहिलेसम्म पीडित महिलाका छोरीहरू र छिमेकी महिलाले मात्र खबर गर्ने गरेको उहाँले जानकारी दिनुभयो। पीडितले प्रहरीको सहयोग लिन मोवाईल नम्बर ९८५१२८९१११ मा फोन गर्न आग्रह गर्दै थापाले भन्नुभयो ‘उद्धार टोली २४ सै घण्टा तयारी अवस्थामा हुन्छ।’ उद्धारमा महिला प्रहरी आफै खट्ने गरेका छन्। यो सेवा अहिले काठमाडौं, ललितपुर र भक्तपुरमा मात्र सिमित छ।
प्रकाशित मितिः२०७२ जेठ २३ गते शनिवार
Comment Here!