लोग्शरी कुँवर
कैलाली, जेठ २४ । व्यवसायीहरूको छाता सँगठन कैलाली उद्योग वाणिज्य संघको उपाध्यक्षमा पहिलो पटक रुक्मणी देवकोटाले अत्यधिक मतले विजय भई ईतिहास रचेकी छिन् ।
संघको आईतबार सम्पन्न मत परिणाम अनुसार उद्यमी महिला रुक्मणी देवकोटाले सवैभन्दा धेरै १८ सय २१ मत प्राप्त गरी विजय भएकी हुन् ।
पाँच हजार ८ सय मतदाता रहेको कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा ३ हजार ५ सय ४२ मत खसेको थियो । सुदूरपश्चिमका नौ वटै जिल्लाको ईतिहासमा अहिलेसम्म महिला पदाधिकारीमा पुग्न सकेका थिएनन् ।
धनगढीस्थित रुपक होजियारीकी सञ्चालक देवकोटा लामो समयदेखि सुदूरपश्चिममा रहेर व्यवसाय गर्दै आईरहेकी छिन् ।
विजयपछि देवकोटाले आफूले संघमा रहेर महिला उद्यमी व्यवसायीहरूको हक हितका लागि विशेष जोड दिने प्रतिवद्धता व्यक्ति गरिन् ।
प्रकाशित मिति : २०७२ जेठ २४ गते आइतवार
Comment Here!