महिला खवर
मोरङ, जेठ २५। बालबालिकाको संरक्षणका लागि विराटनगरमा पाँचदिने तालिम सुरु भएको छ। तालिममा बाल विवाह तथा बाल श्रम रोक्ने, बालबालिकाको प्रतिभा विकासलगायत बालबालिकाको क्षमता पहिचान र उत्साहका लागि जिम्मेवारी लिने विषयमा सहभागीलाई तालिम दिइने छ। तालिममा समुदायस्तरमा रहेका बालमैत्री समूहका सदस्य सहभागी छन्।
वर्ल्ड भिजन इन्टरनेसनल नेपाल मोरङ, सुनसरी क्षेत्र विकास कार्यक्रमको सहयोग तथा बाल एंव महिला विकास केन्द्रले तालिमको आयोजनामा गरेका हुन्।
प्रकाशित मितिः २०७२ जेठ २५ गते साेमवार
Comment Here!