पोखरा, जेठ २५ । नव आदर्श सामुदायिक विकास समाजले आउँदो भदौको अन्तिम साता महिला राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । समाजले आफ्नो १८ औं बार्षिकोत्सवको अवसरमा भदौ २८ गतेदेखि ३० गतेसम्म यो प्रतियोगिता गर्ने निर्णय गरेको हो । देश राष्ट्रिय विपत्तिमा परेपनि शोकलाई शक्तिमा बदल्दै आफ्ना कार्यक्रमलाई निरन्तरता दिने उद्देश्यले कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको समाजले जनाएको छ ।
कार्यक्रमबाट आम्दानी भएको रकम समाजको भौतिक विकासमा खर्च गरिने सचिव लक्ष्मी पाण्डेले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०७२ जेठ २५ सोमवार
Comment Here!