ललाईफकाई बेच्ने प्रवृत्ति बढ्यो : प्रहरी


प्रकाशित मिति :2015-06-08 12:59:42

 महिला खबर

cib_nepalकाठमाडौं, जेठ २५ । विनाशकारी भूकम्पपछि मानव वेचविखन तथा वैदेशिक रोजगारसँग सम्बन्धित अपराध बढ्न सक्ने जोखिम नियन्त्रण गर्न प्रहरीले गठन गरेको उच्चस्तरीय अपराध अनुसन्धान कार्यदलले आन्तरिक अनुसन्धान सुरु गरेको छ ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग महिला तथा बालबालिका सेवा निर्देशनालयका निर्देशक प्रहरी नायव महानिरीयकको मीङमार लामाको संयोजकत्वमा आईतबार कार्यदय गठन भएको हो ।

भूकम्पमा महिला र बालबालिका बढी प्रभावित भएको यस्तो वेला उनीहरू वेचविखनमा पर्नसक्ने भएकाले यसको नियन्त्रण गर्न कार्यदल गठन गरिएको लामाले बताउनुभयो  ।
भूकम्पबाट प्रभावित जिल्लाका महिला यौन हिंसामा पर्ने र बालबालिकालाई ललाईफकाई बेच्ने प्रवृत्ति बढेकाले तत्काल अनुसन्धान गरी अपराधी पत्ता लगाउने , प्रभावित ठाँउको समस्या पहिचान गर्ने, राहत वितरण गर्ने, जनचेतनामुलक कार्यक्रम गर्ने उहाँले बताउनुभयो ।

वैदेशिक रोजगारका नाममा महिला तथा बालबालिकालाई विदेशमा लगेर बेच्ने काम भएकाले अन्तर्राष्ट्रिय रुपस्तरबाटै वेचविखन रोक्न कार्यदलले पहल गर्ने लामाले स्पष्ट पार्नुभयो ।

त्यस्तै मानव बेचविखन तथा ओसारपसारको अनुसन्धान तथा नियन्त्रण गर्न केन्द्रियस्तरवाट समन्वय र सहयोग  गर्न छुट्टै एकाइ समेत स्थापना  भएको छ ।

कार्यदलको सचिवालय प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा रहेको छ ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग महिला तथा बालबालिका सेवा निर्देशनालयका निर्देशक प्रहरी नायव महानिरीक्षकको मीङमार लामाको संयोजकत्व गठित मानव वेचविखन तथा वैदैशिक रोजगारसँग सम्बन्धित अपराध अनुसन्धान कार्यदलमा कार्यदलमा केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक किरण बज्राचार्य, महिला तथा बालबालिका सेवा केन्द्रका प्रहरी उपरीक्षक दुर्गा सिंह, ईन्टरपोल शाखाका प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्का र अपराध अनुसन्धान विभागका प्रहरी निरीक्षक अच्युत चापागाई सदस्य रहेका छन् ।

प्रकाशित मिति :२०७२ जेठ २५ सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: