साधना विश्वकर्मा
काठमाडाैं, जेठ २५ । अस्थायी शिविरमा वस्दै आएका भूकम्पपीडित महिला तथा वालिकामाथि यौनहिंसा तथा दुर्व्यवहार वढेकोे राष्ट्रिय महिला आयोगका अनुगमनका क्रममा देखिएको छ । भूकम्प प्रभावित जिल्लामा अनुगमन गरि राष्ट्रिय महिला आयोगले निकालेको प्रतिवेदनमा वालिकालाई ललाईफकाई तथा प्रलोभनमा पारी यौनहिंसा गर्ने गरेको उल्लेख छ ।
अस्थायी शिविरमा वस्दै आएका सबै जिल्लामा महिलामाथि यौनजन्य हिंसाको जोखिम वढी भएपनि रामेछाप र धादिङका महिला तथा वालवालिकामा अझ वढि हिंसा देखिएको आयोगकी प्रवक्ता मनु हुमागाँईले बताउनुभयो ।
यी जिल्लामा एउटै पालमा बस्दा असहज भएपछि महिला छुट्टै बस्न खोज्दा पुरुषले पाल खोसी दुव्र्यवहार गरेका थुप्रै घटना भेटिएको प्रवक्ता हुमागाइँले बताउनुभयो ।
विपदका बेला महिला तथा वालिका झन धेरै पीडित हुने र उनीहरूलाई माया देखाउनेबित्तिकै नजिकिने हुनाले यसबाट फाइदा उठाई यौन हिंसा गर्नेहरू वढेको भन्दै उनीहरूको सुरक्षा व्यवस्थाको मागसहित राष्ट्रिय महिला आयोगले गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ ।
साथै भूकम्पवाट घरवारविहिन भएर उद्धार गरि काठमाडौं ल्याइएका महिलामा पनि यौन हिंसा भनेको के हो ? भन्ने कुरा थाहा नहुँदा उनीहरू समेत यौन हिंसामा पर्ने गरेको उहाँको भनाई छ ।
आयोगका अनुसार प्राय जसो यौन हिंसा तथा वलात्कारमा १० वर्षमुनिका वालिका पर्नेगरेका छन् । उनीहरूलाई वढि माया देखाएर, खानेकुरा,पैसा दिएर सजिलै प्रलोभनमा पार्न सकिने हुँदा यस्ता वालिका हिंसाको शिकार वनिरहेका हुमागाँईले बताउनुभयो ।
यसैवीच महिला तथा वालवालिकामाथि हिंसा नियन्त्रण गर्न र हिंसा पीडितलाई तुरुन्तै उद्धार गर्न भनेर महिला तथा वालवाललिका सेवा केन्द्र रानीपोखरीले उपत्यकाका ३ वटैजिल्लामा महिला प्रहरी भ्यान सञ्चालन गरेको छ ।
महिला तथा वालवालिकामाथिको हिंसा कम गर्न शुरु भएको यो लैगिंक हिंसा नियन्त्रण तथा पीडित उद्धार घुम्ती प्रहरी सेवा देशभरी सञ्चालन गर्न आवश्यक रहेको राष्ट्रिय महिला आयोगकी प्रवक्ता मनु हुमागाईको सुझाव छ ।
अहिले भूकम्प प्रभावित जिल्लामा पालमा वस्दै आएका महिलामाथि यौन हिंसा वढिरहेकाले उपत्यका वाहिर पनि यो सेवा पु¥याउन पहल गर्ने वचन उहाँले दिनुभयो ।
१२ गतेको भूकम्पपछि महिला तथा वालवालिका सेवा केन्द्र रानी पोखरीमा एउटा वलात्कार र चारवटा यौन हिंसाका घटना दर्ता भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार वलात्कारमा संलग्न एक जनालाई पुर्पक्षका लागि थुनामा राखिएको र यौन हिंसामा संलग्न ४ जनामाथि अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति :२०७२ जेठ २५ सोमवार
Comment Here!