ईश्वरी जी.एम.
रोल्पा जेठ २५। रोल्पाकी १७ वर्षीया एक किशोरीलाई अपहरण गरेर बन्धक बनाई जबरजस्ती यौन शोषण गर्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले बालिकालाई अपहरण गरी बन्धक बनाउने कोटगाउँका जर्सीमाली सुनार र गैरीगाउँका गोपाल बुढालाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ भने यौनशोषण गर्नेहरूको खोजी भईरहेको रोल्पा प्रहरीले बताएको छ।
मोबाईल किनिदिने प्रलोभन देखाइ जेठ ३ गते गाउँबाट सदरमुकाम लिबाङको एक होटलमा ल्याएर १ रात राखेको र अर्को दिन जबरजस्ती गैरीगाउँको तिला बजार लगि एक होटलको कोठामा थुनेर जेठ ८ गतेसम्म ती किशोरीको यौन शोषण गरेको प्रहरीले जनाएको छ। स्थानीय आमा समूहले किशोरीलाई बन्धक बनाएको थाहा पाएलगत्तै शसस्त्र प्रहरीको सहयोगमा उद्धार गरि जिल्ला प्रहरी कार्यालय रोल्पा पुर्याएको पुर्याइएको हो। बाहिर हल्ला गरेर भाग्ने प्रयास गरे किशोरीलाई मार्ने धम्की समेत दिएको अनुसन्धानमा खुल्न आएको रोल्पाका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिनुभयो।
घटना तत्काल सार्वजनिक गर्दा आरोपी भाग्नसक्ने भन्दै प्रहरीले सो घटना केहीदिन सार्वजनिक गरेको थिएन। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। पीडितका आमाबुवा रोल्पाका भएपनि कामका लागि भारतमा रहेको र उतै जन्मेहुर्केकी किशोरी केहि महिना अघिमात्र विवाह गरेर रोल्पा आएकीले नेपाली भाषा समेत राम्रोसँग बुझ्न नसक्ने छिमेकीहरूले बताए ।
Comment Here!