महिला खबर
दाेलखा, जेठ २६ । सैनिक श्रीमती सङ्घले दोलखाका भूकम्पपीडितलाई राहात सामग्री वितरण गरेको छ। सङ्घले भीमेश्वर नगरपालिकाका पाँच सय घरपरिवारलाई खाद्यान्न, नुन, तेल, लत्ताकपडा वितरण गरेको हे। पूर्व सैनिकको बसोबास रहेको भीमेश्वर नगरपालिका वडा १३, साखिनेवासीलाई दोलखास्थित बर्दबहादुर गणका निमित्त गणपति सेनानी मधुलोचन न्यौपानेले ती सामग्री वितरण गर्नुभयो।
सङ्घले नै दोलखाको उत्तरी क्षेत्रको अतिप्रभावित सिङ्गटीस्थित कालिनाग उच्च मावि, र प्रताप स्मृति कलेजलाई पाँच सय १० थान जस्तापाता उपलब्ध गराएको छ।
केही दिन अगाडि सैनिक श्रीमती सङ्घबाट नै विगु गाविसका स्थानीय, भीमेश्वर नगरपालिका वडा ८ र ९ वासीलाई समेत राहात सामग्री वितरण गरिएको थियो।
Comment Here!