महिला खबर
काठमाडौं, जेठ २६ । अखिल नेपाल महिला संघले भूकम्प पीडित महिलाका लागि निमार्ण गरेका १२ वटा अस्थायी घर हस्तान्तरण गरेको छ ।
काठमाडौंको बुढा निलकण्ठ नगरपालिकामा निमार्ण गरेका अस्थायी टहराहरू पीडितलाई हस्तान्तरण गर्दै संघकी अध्यक्ष विद्यादेवी भण्डारीले किला ठोक्न नजान्ने दिदी बहिनीले घर टहरा निमार्ण गरेर उदाहरणीय काम गरेको बताउनुभयो ।
उहाँले महिलाले घर बनाउनु हुँदैन, जोत्नु हुँदैन भन्ने भनाईलाई तोड्न दिदी बहिनी सफल भएको बताउँनुभयो ।
स्थानीयस्तरमा उपलब्ध सामग्रीबाट बनाईएका उक्त टहराहरू एकल,असक्त, गरीव र सुकुम्बासी महिलालाई दिएको छ । एक सय जना महिला स्वयंसेवीको टोलीले उक्त घर टहराहरू निमार्ण गरेको हो ।
महिला स्वयंसेवीकाको टोलीले ४३ घर परिवारको बस्न नहुँने गरी चर्किएका घरहरूलाई भत्काउने र सफा गर्ने काम समेत गरेको छ ।
भूकम्प पीडितका लागि अस्थायी घर निमार्ण गर्न संघले जेठ ११ गते थममाया थापाको नेतृत्वमा महिला स्वयंसेवी दस्ता निमार्ण गरेको थियो । पुनःनिमार्णमा महिला सक्षम छन् भन्ने सन्देश दिन खडा गरेको दस्तामा डाक्टरदेखी इन्जिनियर समेत सहभागी थिए ।
प्रकाशित मितिः२०७२ जेठ २६ मंगलवार
Comment Here!